काठमाडौं, १२ भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३१ जना सहसचिव र उपसचिवलाई सरुवा गरेको छ ।
मन्त्रालयले अरु जिल्लाकोसँगै काठमाडौंका सिडिओको पनि सरुवा गरेको छ । काठमाडौंको नयाँ सिडियोमा जनकराज दाहाल आएका छन । उनी यसअघि झापाको सिडिओ थिए । त्यसै गरी काठमाडौंका सिडिओ रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयले काठमाडौंका अतिरिक्त धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, बारा, मकवानपुर, काभ्रे, ललितपुर, धादिङ, रुपन्देही, सुर्खेत, बाँके, कास्की र धनकुटाका सिडिओको सरुवा गरेको छ । यस्तै, मुस्ताङ, जाजरकोट, रुकुम पूर्वी र बझाङका सिडिओको पनि सरुवा भएको छ । सिडिओ सरुवा भएका धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा भने कायमुकायम प्रमुख जिल्ला अधिकारी खटाइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]