मान्छेले जत्रै शालिन महल बनाओस त्यसमा भित्र पस्ने ढोका एउटै बनाउँछ । मान्छे त्यो ढोकाबाट पस्छ अनिमात्र त्यो शालिन महल भित्रको सुन्दरता हेर्ने अवसर पाउँछ । अन्यथा, ऊ त्यो बाहृय आवरणमा लगाएको रंग शिवाय अरु केही नहेरी फर्कन्छ । तसर्थ जीवनमा मान्छेको आवरण मात्र होईन भित्रि तवर सम्म हेर्न म अपरिहार्य छ भन्ने ठान्दछु । तिमीले यस शब्दलाई अर्ति अनि उपदेशको संज्ञा नदिनु म अज्ञानता भित्र मुछिइरहेको एउटा गाउँले अनपढ हुँ । तिमी झैं म सुन्दर पनि छैन । यसो हुनाले पनि म तिमीसंग मेरा हजार सय कुराहरु खोल्न सक्दिन । सधंै म बन्द छु । न तिमीले मलाई पढ्यौ न त मैल नै तिमी सामु मेरो यो भित्रि रुपमा भरिएको किताब खोल्न सके । तसर्थ हामी वहाब बिना बगिरहेका छौ । तथापी हाम्रो गन्तब्य भने एकै रहेको छ । म मर्यादा पनि जान्दिन यसो हुनाले एउटा झूत्रो भइसकेको डसनालाई सस्तो मखमली तन्नाले छोप्न कुरा मैले यही समाजबाट जानेको हँु । यो मूर्खता हो या प्रेम ? म यो पनि जान्दिन । प्रेम कसैलाई पनि गर्न सकिन्छ तर त्यसका लागि बिपरित, आशक्तता वा लगाव हुनु आवश्यक छ । शंकर र पारिजातको कथन जस्तै हामी फक्र्रन लागेको गुलावलाई हेरेर हच्किन पनि सक्छौ, उसलाई थोरै छोएर पनि छाडिदिन सक्छौ । किनभने सिजनको निथारमा फुलेको फूलमा भावुकता हुन सक्दैन । यो उसको अन्त्यको संकेत पनि हो । यसो हुनाले पनि त्यो उपयोग गर्नका लागि हो मात्र हेरेर र त्यसमा अल्लादित हुनकालागि कदापी होईन । तिम्रो घर नजिकै स्तुपा गेट बनेको कति वर्ष भयो र त्यो छेवैमा रहेको राधाकृष्णको मन्दिर पनि त्यो तिमीलाई थाहा छैन । अरु त के कुरा साचो अर्थमा तिमीलाई आफ्नो जन्म मिति पनि थाहा छैन । तर अवास्तवीक भने तिमीलाई थाहा छ र जसको तिमी बारम्बार प्रयोग गरिरहन्छौ । यस्तो किन हुन्छ भने हामी सधैँ अरुको नियन्त्रणमा नै छौ । चाहे त्यो जन्ममा होस् या हाम्रो कर्ममा । हामी यसो किन गर्छौ भने हामीलाई अग्रजबाट मिलेको शिक्षा पनि यही हो । हामी कहिल्यै स्वतन्त्र तवरले आफ्ना इच्छाहरु बोल्न सक्दैनौ । सबै बस्तुहरु एक दिन बुढा हुन्छन । अभिभावकहरुले तिमीलाई पनि धेरै वर्ष बाँच भनेको हुनुपर्छ । मान्छे र बिरुवाको समान आयू रहदैन । तिम्रो त्यो स्तुपा गेट अगाडिको सिमलको रूख तिम्रो बाजेको उमेरको होला तरपनि त्यो अझै तन्नेरी देखिन्छ र तिम्रो घरमा पालेको गाई तिमी भन्दा पन्ध्र वर्ष कान्छो होला तर पनि त्यो बूढो देखिन थालिसक्यो । जीवन यसरी नै बित्छ औंसी पूर्णे र पूर्णे औंसी भएर । यसैलाई चक्र भनिन्छ जीवनको । यो कतै मूल्यवान हुन्छ, अनि कतै कलुषित पनि । छट्पटाउदै अन्धकार रात बिताएपछि तुवाँलो र हुस्सु नलागेमा भोलि विहानको सूर्य पक्कै देख्न सकिन्छ । दुःख पनि यस्तै कुरा हो । प्रकृतिको इच्छा विपरित हामी केही गर्न नसक्ने भईसकेका छौ । चाहेर पनि त्यो कालो रातलाई बत्तिद्वारा उज्यालो पारेपनि हाम्रो निन्द्रा मज्जाले आईदिन्छ तर त्यो अन्धकारलाई चाहेर पनि हामी हटाउन सकिदैन । त्यो सधैं पछ्याइरहन्छ मानौँ त्यो हाम्रो छाया बनेको होस् । जसको इशारामा हामीले चल्नु उसको नियमभित्र पर्दछ । आस्था र जिजीबिषा साँचेपछि मान्छे सबैकाम गर्न सक्छ । चाहे पहाडको उचाई नाप्नु परोस् वा समुन्द्रको गहिराइ । त्यसकालागि उसको सोचाई सवल हुनुपर्दछ । यदि सोचाइ सवल र सकारात्मक छैन भने ऊ शारीरिक रुपमा जतिनै सशक्त भएपनि केही गर्न सक्दैन । यसो हुनाले म श्रममा विश्वास राख्न जरुरी छ भन्ने कुराको स्मरण गर्दछु । र, अरुमा पनि मेरो यही अनुरोध छ । हामीले आडम्वरीपनालाई सदाका लागि बिर्सनु पर्दछ । किनकी जीवनको दुख त्यसैमा लुकेको छ । धेरै कुराहरु लेखिरहदा मलाई मान्छेहरु आस्था विहीन मान्छे भन्न सक्छन । समाज नबुझेको मान्छे आजको युगमा को पो होला र ? सबै कुरा दृष्टिकोणमा फरक पर्ने कुरा हो । बयान गरिएका श्रब्य पनि फरक हुनसक्छन भावना कमजोर भईदिएमा । तसर्थ तिम्रो र मेरो भावना फरक हुन सक्छ त्यो एकरुप हुनलाई कलाकारको बुट्टा कोराइ पनि त होईन । सयौं कलाकारले कोरेका बुट्टाहरु सबै समान रहुन र एउटा पूर्ण आकृति होस् । म आजको युगमा यस्तो कुराको कल्पना गर्न पनि चाहन्न । किनभने जसलाई पनि स्वतन्त्रता र आत्मसम्मान सबैभन्दा माथि हुन्छ । र, त्यसको कदर गर्नु नै उसको समय र पारिश्रमिकको सही मूल्य हो भन्ने कुरा मैले पढेका अक्षरहरुको सार पनि हो । आकृतिको अर्थ छाया भन्ने हुनाले त्यसले आफ्नो रूप बदलिरहन्छ । यसलाई रोकेर एकरुपता ल्याउन र सजाउन सकिदैन । फरक यति छ कि सूर्यको घुमाइमा आकृति लामो र छोटो हुने गर्छ । यो शास्वत सत्यलाई पृथ्वी र सूर्यको जन्म देखि मानिदै आएको हो । तर, कहिलेकाहीँ सानो टुक्रा बादलले छेकेर सूर्यको अकृतिमा केही क्षणको रोकावट ल्याउन सक्छ । बादलले उसको निरन्तरतामा रहन बायूसँग मितेरी गाँस्नु पर्ने हुन्छ । त्यो कदापी हुन सक्दैन । किनभने बायूहरुको कार्य एकस्थानमा रहने होईन, वहने हो । जव हामी वहन चाहन्छौ भने बादल कसरी अडिग भएर रहन सक्छ । जीवनको सार पनि यही हो । यो अर्थलाई हामी सबैले मनन गर्नु पर्दछ । यो समस्यामूलक विधिबाट जीवनमा जीवनको सार बुझेर त्यसको निकास खोज्नुमा नै हरेका मानिसको बुद्धिमता हुन्छ । मेरो अन्तर ज्ञानले मलाई आजसम्म यतै तिर डो¥याइरहेको छ । विश्वासको कुरा हो भने त्यो केमा गर्ने ? फूलमा दियो ओइलाउँछ । आँखामा दियो बेला न कुबेलामा आँशु बनेर वर्षन्छ । सबै कुरालाई चपाएर नै पचाउदै छौ । जानेर यो भन्दा धेरै विश्वास गर्न सकिन्न । स्वयम आफूलाई समेत यो गर्छु भन्दा कुनैबेला अर्कै कार्य गर्न पुगिन्छ भने अरुमा के विश्वास गर्नु । हामी मान्छे कस्तो भने ढुंगालाई देवता मानेर त्यसको दास हुने जाती हौ । यसमा मलाई धेरैले नास्तिक भन्न सक्छन । हुन त त्यो निर्जीव ढुंगोमा केही पनि हुँदैन आस्था त हामीले राखेका नै छौ तर, उपलब्धी के छ त ? कहिल्यै त्यसको मूल्याङ्न गरेका छौ त । आज सम्म हामी त्यही एउटा निर्जीव ढुङ्गामा नै विश्वास पोखिरहेकाछौ । यसमा कुरुपता र सुन्दरता भन्ने कुरा रहदैन । कुरुपता अज्ञानता हो र सुन्दरता ज्ञान हो फरक यति नै हो र अमर पनि त्यो ढुंगा बाहेक कोही छैन । काग मरेको त हामी सबैले देखेकै हो । यस भन्दा ज्यादा के भनौँ । साँचो अर्थमा जीवन चलाउने कुरा आफ्नो निपूर्णतामा फरक पर्ने कुरा हो । जसरी माझीले डुङ्गालाई जस्तै बहावमा पनि आनन्दले चलाई यात्रुलाई पार लगाउँछ । हामी पनि हाम्रो यो जीवनलाई सफल माझी भएर पार लगाउने छौ । तर, हामी सिकारु भएको हुनाले डुङ्गा चाहीँ प्वाल नभएको रोज्नु पर्ने छ । जसमा सयर गर्दा सफलता र आनन्द दुबै मिल्ने छ । यहाँ भन्दा पर जीवनको आनन्द कतै भेटिदैन पनि । खोटाङ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]