बुटवल । बुटवलका एक युवाले इन्धन बचत तथा वातावरणमैत्री बनाउने उद्देश्यले एक उपकरणको आविष्कार गरेका छन् । पेशाले ईन्जिनियर रहेका शिशिर जिसीले सवारी साधनमा जडान गर्ने विशेष किसिमको यन्त्र आविष्कार गरेका हुन् ।
एक समारोहकाबीच प्रदेश–५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी, पूर्व संघीय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, उपप्रमुख गुमादेवी आचार्य, वन विज्ञ कृष्ण पोखरेलले यन्त्रको संयुक्त रुपमा उद्घाटन गरे ।
पूर्व संघीय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले युवा आविष्कारलाई साथ दिन स्थानीय सरकार लाग्नु पर्नेमा जोड दिए । उनले परनिर्भरतालाई त्याग्नका लागि अनुसन्धानमा जोड दिनु पर्ने बताए ।
सो कार्यक्रममा प्रदेश सभासद दिनेश पन्थी, नेपाल च्याम्बर अफ कमर्शका केन्द्रीय सदस्य टंक पोखरेल, जिसीका बुबा आमालगायतले नयाँ–नयाँ आविष्कारमा नेपाली पछि नरहेको र यसलाई सरकारले प्रोत्साहन गर्नु पर्ने बताए । यो यन्त्रको प्रयोगले सवारी साधनले तेल थोरै खाने र धुवाँ कम फाल्ने जानकारी युवा इन्जिनियर शिशिरले दिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]