यतिखेर मीठो नमीठो
अलिनो तीतो
सप्पै स्वाद
चाल पाएर
चपाउन लाउँछु
दाँतहरुलाई
यसरी त म
जिब्रो बनेको छु
बजारमा तरकारी चाटेर
स्वाद लुट्ने
पाहुना पनि हुन्छु
कहिले बेक्कामे घरवार बिहीन
खाते जस्तै
कतै स्वादकै नोकर बन्छु
र महलका स्वर्गका
स्वाद पनि भेट्छु
तरकारी हँु या बजार
बजार हँु या तरकारी
मेरो सस्तो महँगोसँग
कुनै साईनोको टुंगो छैन
कहिले बल्खुको बजार टेक्छु
काउली बनेर
कुनै पल कालीमाटीको टमाटरको भाउ बनेर
चढेको त्यो शिखर
महँगो मूल्यमा बिक्छु
झर्छु निचोरिएर
हुन्छु अनि दायाँ बायाँ
किलोग्राम र पाउका ढक
तराजुमा जोखिन्छन्
स्वादहरु
तब नै त पिस्छु
त्यो गरीवको मोल भएर
अनि छिचोन्छिन केही थान
किलोमिटर र अडिन्छ
अरुलाई चुस्ने मार्जिन बनेर
उसरी नै ऊ सावाँ या ब्याजमा पाक्छन्
साहुको ऋण भएर
एकातिर नाफा र अर्को तिर घाटा हुन्छन्
र अर्कोतिर चाट्छन
जिब्रो
स्वादहरुलाई र्र्यालले पगालेर
अनि खपाखप निलिन्छन
अनि त्यो भोकको राप मेट्न
तब त नुनिला शहर
गुलिया पहाड डुल्छन
बकम्फूसे भाषण दिदै लथालिङ्ग हिड्छन
र सत्ताको मह काड्न
भिरिँगि छाला ओडेर
भ्रम फैलाउछन्
माहुरी जतिलाई छक्याई रहन
एउटा समय यसरी निमोठिन्छ
अर्कोमा आफू सरेर
अनि कतिखेर भेट्छ
त्यो भोक रेट्ने गरीवको धार
ज्यालामा रम्ने पसिनाहरु
यसरी शोषित बनिरहन्छन
र भनिरहेछ
म भर्याङ हुँ तिमीलाई
स्वर्ग चखाउने
म अजम्बरी सन्तान हँु
तिमीलाई सुख स्वास भरिदिने
म सबको प्राण हुँ विश्वासफल फलाउने
र सबलाई मुन्ट्याउँछ
एकदिन चुचुरोमा पुर्याएर
आफू मृत्युको मुखमा बदलिन्छ
र उघार्दै ऊ जान्छ
जिब्रो लट्टिएर खस्छ
माटोसित बिलिन हुन
कहाँ हुनु र जगत
स्वाद मात्र धरतीसित छाड्छ
लु भन्नुस
यो डिजीटल जमातले हेर्नुस
म जिब्रो ठालु छु कि छुईन ?
पसिना र ज्ञानको
महान क्षेत्रमा म कति फरक छु
र, हुन्छन
जिब्रोहरु झुट
यसर्थ पसिना साकार हुन
ईमान्दार भेटिनु पर्छ
र, स्वादको अम्मल मेट्न
ज्ञानको पोका फुकाई रहन
पाउदै आईएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]