प्राय गरेर पछिल्लो पुस्तामा “ ह्याप्पी बर्थ डे टु यु ” को नामले चिनिने जन्म दिन मनाउने बिषयलाई खर्चको हिषाबले बेथिती को रुप नै बढेको बेला , खोटाङ जिल्लाको साबिक बुइपा गाबिस हाल दिक्तेल रुपाकोट मझुवागढी न.पा.वडा नंं १४ खिरीमा जन्मनु भएका बिद्यार्थी नेता तथा प्रखर अधिबक्ता ओम प्रकाश घिमिरेले आफ्नो जन्म दिन फरक र श्रृजनशिल तरिकाले मनाउनु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा स्थीत जगदम्बा माध्यमिक विधालयका विधालय व्यवस्थापन समितिको अध्यक्ष समेत रही बिधालयलाई नमुना बिधालय बनाउने अभियानमा लागेका ओम प्रकाश घिमिरेले , आफ्नो २७ औं जन्मदिन बिधालयका शिक्षक र बिद्यार्थी संग श्रृजनशिल सोंचका साथ मनाएका छन् ।
राजनिती,साहित्य र कानुन लाई संगसंगै हाक्न सक्ने युबा पिढींमा घिमिरे आँफैमा नमुना को रुपमा परिचित छन् । ४ वटा बिषयमा स्नात्तकोतर गर्दै रहेका अधिबक्ता अब निकट भबिष्यमा नै बिद्याबारिधी को तयारी मा समेत जुटेका छन् ।
सबैैले जन्मदिनलाई भड्किलो हिषाबले मनाउदै समाजलाई नै अनुत्पादक क्षेत्रमा खर्च बढाईरहेको बेला , घिमिरेले भने जगदम्बा मा.बि.का आर्थिक हिषाबले बिपन्न तथा सामाजिक रुपमा उपेक्षित चार विधार्थीलाई पोशाक र दुई सय विधार्थीलाई कलम बितरण गरेका हुन् ।
विधालय परिवारसँग मंगलबार जन्मदिन मनाउदै घिमिरेले पोशाक र कलम वितरण गरेका हुन् । उनी २०७४ साल माघबाट सो विधालयका विव्यास अध्यक्ष बनेका हुन् । बुईपामा सात आधारभूत र दुई मावि छन् । त्यी बिधालयलई समेत यस्तो किसिमको सोचले परिबर्तनको लागि सहयोग मिल्ने गरेको कुरा वडा अध्यक्ष दिनेश कुमार राईले बताउनु भयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]