काठमाडौं, २७ भदौं–रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा पहिरोमा पुरिएर ६ जनाको अकालमै मृत्यु भएको छ । गए राति सुतीरहेको अबस्थामा घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीय थीरकुमार बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा रहेका छन् ।
मृतक ६ जनाकै शव बाहिर निकालिएको र पोष्टमार्टम हुन बाँकी रहेको थवाङ प्रहरीले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]