काठमाडौं । दोस्रो नमुना बुद्ध मास्टर चेस च्याम्पीयनशीप २०१९ हुन गइरहेको छ । यो खेल असोज ५ गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष निराजन पुडासैनीले बताएका छन् ।
नौ राउण्डमा संचालित हुने यो प्रतियोगितामा उत्कृष्ट तह पार गरेका विजेताहरुका बीच हुने छ । यस खेलमा ६० जना सहभागी हुनेछन् । बाह्य जिल्लाबाट आउने खेलाडीहरुकालागि खाना तथा बासको व्यवस्था गरिएको छ भने अन्य खेलाडीका लागि प्रति खेलाडी दुई जोरका दरले टिसर्ट उपलब्ध गराउने आयोजकको भनाइ रहेको छ । यस च्याम्पीयनमा प्रथम हुनेलाई ५१ हजार, द्वितियलाई ३० हजार र तृतीयलाई २० हजार नगद प्रदान गर्ने आयोजकले बताएको छ । खेलको आयोजनाका बारेमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भाद्र २८ गते आयोजकले जानकारी गराएको थियो । कार्यक्रमको लागत १५ लाख रहेको आयोजकले बताएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]