भदौ ३१ मंगलवार, २०७६
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुइपाको गीत,संगित र साहित्यको मलिलो माटोमा जन्मिएर बिश्वमै गीत संगितमा ख्याती कमाएका राई इज किङ का उपनामले चिनिने गायक राजेश पायल राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ ।
आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आइनसकेको तर आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट उनले आर्जन गरेका विभिन्न अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीपछि गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडाले मलाई पीडा नभएको प्रतिक्रिया दिएका छन् ।
म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर म र मेरो मन जलेको छैन ।
तपाईंहरुले दिएको आशिर्वाद, माया, सुझाव नजलोस् । म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । आगलागीको कारण बिद्युतिय सर्ट भएर भएको प्रहरीले जानकारी दिएको छ ।
राजेश पायल राई भने साङ्गीतिक कार्यक्रमका लागि अहिले काठमाडौं बाहिर रहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]