असोज १
काठमाण्डौ, ( लगातारको बर्षाका कारण पहिरोले पुरीएर काभ्रेमा एक बालकको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा न ४ फेदीमा पहिरोले टहरा पुरिदाँ जीतबहादुर लामाका ४ बर्षीय छोरा सजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक गिरीले बिहान करीब ७ बजे टहरा माथिबाट आएको पहिरोले टहरा पुर्दा मण्डनदेउपुर नगरपालिका वडा न ११ घर भएका हाल पाँचखाल नगरपालिका वडा न ४ फेदीमा बस्दै आएका बालकको मृत्यु भएको जानकारी दिएका छन् । अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर उच्च जोखिममा परेका छन् ।
अविरलरूपमा परिरहेको वर्षाका कारण ठाउँ–ठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ–ठाउँमा पहिरोले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ ।
मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्र्याकमा माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का खसेको छ । पहिरो खस्न थालेपछि धेरैले राति नै घर छाडेका छन् । केहीलाई भने बिहान सुरक्षित स्थानमा सारिएको छ ।
रोशी गाउँपालिकाअन्तर्गत बिपी राजगर्माको ल्हासकोटमा वर्षाका कारण हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको सडक गाउँपालिकाको पहलमा सञ्चालन भएको छ ।
नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको र त्यसलाई सफा गर्ने काम निरन्तर जारी राखिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]