“संसार”
मुलुकमा बिगत १०/१५ बर्षको बिचमा ठुल्ठुला घटनाहरु घटे, केही परिबर्तन् भएको भन्ने जनतालाई बिश्वस्त पनि गराइयो, र आशा पनि दिलाइयो । २०६२/०६३ को जनआन्दोलन भयो । राजा फालिया र जहानिया शाही शासनको अन्त्य भयो । १० बर्षे सरकार माओबादी युद्दबिराम भयो । बिस्तृत शान्ति सम्झौता भयो , अन्तरिम संबिधान बन्यो, जनताको लागि जनताद्वारा नै शासन गर्ने गरी जनताकै सहभागितामा जनताद्दारा निर्बाचित प्रतिनिधिहरुले नेपालको संबिधान २०७२ सालमा जारी पनि गरे ।
त्यही साल नेपालमा बिनासकारी भुकम्प पनि गयो । धेरै धनजनको क्षती हुन गयो । बिदेशी दातृ निकायले गर्न सम्मको गुण पनि लगाएकै हो । पुनःनिर्माण प्राधिकरण बन्यो ,बिदेशीको दान उपहार,सहयोग ले पुनःनिर्माणको कामनै अगाडी बढेको पनि आज ४ बर्ष बितिसक्यो । भने बिचमा अझै ठुलो परिबर्तन भयो, जनताको संविधानलाई आड मानेर नेपालमा संघियता आयो ।
यती सानो नेपालमा गनी नसक्नु सरकार बने, मुख्यतया तिन तहको सरकार बने, अब ५ बर्षको लागि स्थाई सरकार आयो दुःखी गरिब, निमुखा शिक्षित बेरोजगारहरुको लागि खुसीको दिन सुरुभयो भन्ने जनतालाई पनि लाग्यो ।
र निर्बाचनको बेला नेताहरुले कायापलट नै हुने गरी को आ–आफ्नो घोषणा पत्र सार्बजनिक गरे । जनतालाई एउटै आशा देशमा स्थाई शान्ति, अमन चयन, रोजगारी, यो भन्दा खुसीको क्षणनै के हुन सक्छ ? युद्द र अपराधले थङ्थिलो भएको देशका नागरिकलाई ?
पछिल्लो समयमा संघिय सरकार नै, त्यो पनि झण्डै दुइतिहाईको सरकार बन्यो अब जनताले भने जस्तै कम्युनिष्ट शासन आयो , जनताको दुःख को दिन सकियो अब “सुखी नेपाली समृद्द नेपाल” नारा नै आयो ।
जनताको आशा मरेको छैन, केही समय हेरौ रातारात कायापलट हुदैन समय नपुगी बच्चा जन्मदैन, जन्मीहाले पनि बाँच्न, बचाउन कठिन हुन्छ, भन्ने जनतालाई हेक्का थियो । तर गर्भमा रहेको बच्चा मिति टरी सक्दा पनि जन्मिएन । गर्भमा हुदै देश बुझ्न थालेपछी पेटभित्रैै बाट आफ्नो आमालाई नै हत्या गरेछ ।
स्थीती उस्तै रह्यो समस्या ज्यु का त्यु नै रह्यो । हत्या हिंसा, बलत्कार, चोरी, ठगी, भ्रष्टचार, कालोबजारी, नाताबाद, आफन्तबाद, धुपौरेबाद, देशमा चलिनै रह्यो ।
अब जनताले कहाँनेर आश गर्ने ? सरकार त अभिभाबक हो । अभिभाबकले आफ्ना सन्तानलाई समान ब्यबहार गनुपर्ने हो । माया गर्नु पर्ने , जनताको ढाड सेकेर कर नअसुल्नु पर्ने । समान ब्यबहार गर्छ भन्ने कहाँ र कहिले सम्म आश गर्ने जनताले ?
फेरी सरकार जुनसुकै पार्टीको आएपनि तरिका एउटै छ । शैलीमा केही फरकपन नै छैन , इतिहाँस त साक्षी नै छ । मुलुकमा कसले कती शासन गरे भन्ने कुरा । चाहे स्थानिय सरकार होस्, या प्रदेश सरकार न केन्द्रीय सरकार सबैको हबिगत उस्तै छ । चाहे बिगत चाहे बर्तमान जनताले जानेकै, खेपेकै ,भोगेकै बिषय हो ।
अर्को महत्वपुर्ण कुरा त के हो भने प्रतिपक्षको भुमिका नै बिरोध गर्ने, संसद चल्न नदिने अबरोध गरिहाल्ने, राम्रोलाई राम्रो भन्नै नसक्ने, आफुले गरेको गलत निर्णय भएपनि राम्रो भन्ने भनाउने । अनी अरुले गरेको राम्रै भएपनि नराम्रो भन्ने भनाउने यो प्रचलनले मुलुकमा जरो गाडेको छ ।
हामी स्थाई सरकार हौ भन्ने निजामतीको पनि दम उस्तै छ । कसरी कमाउने ? र कमाउने अड्डामा सरुवा कसरी मिलाउने, सरकार लाई कसरी असफल बनाउने र आँफु हिरो हुने ।
समस्या याहाँनेर छ, जनताले आशा गरेको न्यायलयमा हानथाप उस्तै छ । एउटाले अर्को लाई नटेर्ने, जनताको सर्बोच्चता भनेकै तीनवटा निकाय ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिको जनताप्रती गर्ने ब्यबहार एकै किसिमको भएपछि जनताले के आश गर्ने ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]