२ असोज २०७६
खोटाङ । भोली असोज ३ नेपालमा नेपाली जनताहरुको लामो संघर्ष र बलिदानको उपलब्धी संविधान जारी भएको दिन । जुन दिन नेपालकाो ऐतिहासिक उपलब्धिको दिन भएकोले सरकारले यो दिनलाई सार्बजनिक बिदा समेत घोषणा गरेको छ ।
दुई पटकको संविधानसभाको चुनाव पछी प्राप्त संविधान जारी भएको दिनलाई सम्झेर संविधान दिवसको पुर्बसन्ध्या देखी नै पुर्ब तयारीको साथ देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
सत्तामा बसेकै समाजबादी पार्टीले भने संविधान दिवसको उत्सब पनि नमनाउने र कालो दिनको रुपमा बिरोध पनि नजनाउने भएको छ ।
सरकारी तथा गैर सरकारी निकायहरुले भने उल्लासमय तरिकाले संविधान दिबस मनाउने तयारी भइरहेको बेला संविधान दिवसको अबसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा दिक्तेल हाटडाँडा देखि देविस्थान मन्दिर सम्मको बाटो तथा मन्दिर सरसफाइ अभियान सम्पन्न गरिएको छ ।
जिल्ला समन्वय समिती प्रमुख , नगर प्रमुख , उप प्रमुख ,प्रमुख जिल्ला अधिकारी , श्रीमान जिल्ला न्यायाधीश ,सुरक्षा निकायका प्रमुखहरु तथा सुरक्षा कर्मीहरू , मानव अधिकार कर्मिहरु, कार्यलय प्रमुखहरु , शिक्षक विद्यार्थी ,पत्रकारहरु लगायत नगरबासिहरुको बृहत उपस्थितिमा सरसफाइ सञ्चालन गरिएको मेयरको सचिवालयले जानकारी गराएको छ ।
साथै नगरस्थीत माध्यमिक तहका विद्यार्थीहरुको लागि “संबिधान कार्यान्वयनका चार बर्ष ” बिषयक वक्तृत्वकला प्रतियागिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा चम्पावती मा.वि.बिजयखर्क प्रथम भएको छ भने द्वित्तिय मनकामना मा.वि. निर्मलाीडाँडा र तृत्तिय पञ्च मा.वि. दिक्तेल भएको आयोजकले जनाएका छन् ।
तिन दिवसिय कार्यक्रमको आयोजना गरेको नगरपालिकाले, भोली बिहान प्रभातफेरी कार्यक्रम र दिउसो समिक्षालय हल दिक्तेलमा सभाको तयारी गरेको छ । पर्सी नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थल कालिका भगवती मन्दिर क्षेत्रमा फलफूलका विरुवाहरुको वृक्षारोपण गर्ने कार्यक्रम रहेको कुरा मेयरका राजनितिक सल्लाहकार कमल ढकालले जानकारी दिएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]