दोलखा । जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. ६ मकैबारीकी १० बर्षिय बालिका अन्जिता खाती हिजो दिउसो अन्दाजी २ः०० बजेको समयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कर्यालय चरिकोटका प्रवक्ता प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी गराएका छन् ।
कक्षा ५ मा अध्ययनरत बालिकाले हाफ्नो परिक्षा सकिएपछी जिल्लाकै दिदीको घर झुले जाने भनेर आमालाई भनेको तर आमाले भोली जानु भनेपछी आमा छोरी नै घाँस काट्न गई फर्किएपछी घरै नजिकको पालिमा आफ्नै विद्यालयको टाईले घाँटीमा पासो लगाएर झुण्डिएको कुरा ब्यक्त गरिएको छ ।
प्रहरीको लासजाँच मुचुल्काले घाँटीमा यु आकारको निलो डाम भएको र शरिरको अन्य भागमा केही निलडाम नभएकाले आफै झुण्डिएको हुन सक्ने अनुमान लगाएको छ । भने पोष्टमार्टम रिर्पोट भने आउन बाँकी रहेको प्रहरीले जानकारी गराएको छ ।
मृतक घरको कान्छि छोरी रहेको, र निजको बाबु बैदेशिक रोजगारमा रहेको , दाजु काठमाण्डौमा पढ्दै गरेको . हाल आमा छोरी मात्र घरमा बस्दै आएको कारण घटनाको थप अनुसन्धान हुनुपर्ने मृतकका आफन्त राजु सेती संकरले बताएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]