जनकपुर । जनकपुरको जानकी फर्निचरमा चोरी गर्दै गरेका दुई भारतिय सहित चार डकैतलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछी गोली हानेर समातेको हो ।
पक्राउ परेको डाकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मोइ लियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको बृदावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोदप्रसाद सिंह रहेका छन् ।
प्रहरीले पक्राउ गर्ने क्रममा सिंहलाई गोली लागेको प्रहरीले जानकारी गराएकाछन् । खुट्टामा गोली लागेको सिंहलाई उपचारका लागि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार विहान साढे ३ बजे पसलको सटर फोड्दै गर्दा प्रहरीले देखेपछि पक्राउ गर्न खोज्दा डकैतहरु भाग्न खोजेका थिए । तत्काल प्रहरीले तीन राउण्ड गोली चलाएर दुई जनालाई समातेको हो । घटनास्थलबाट भागेका दुई डकैत पनि पक्राउ परिसकेको छ ,सोही क्रममा डकैतहको साथबाट लोडेड अवस्थामा एक थान कटुवा पेस्तोल, केहि राउण्ड गोली र पसलको सटर फोड्ने विभिन्न उपकरण समेत बरामद भएको प्रहरीले जनाएको छ । एसपी खनालले भने ‘चाडपर्व नजिकिएपछि प्रहरीले रातभर गस्ती गर्न थालेको कुरा जनकपुर प्रहरीले जनाएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]