काठमाण्डौ । सामुदायिक विद्यालयका वालवालिकालाई राजनितिक पार्टीको बिरोध सभामा प्रयोग गरेको भन्दै सामुदायिक विद्यालय ब्यबस्थापन समिति केन्द्रिय महासंघले नेपाली काँग्रेस पार्टीलाई ध्यानाकर्षण गराएको छ ।
संबिधानमै राजनैतिक दलको कार्यक्रममा बिद्यालयका वालवालिकालाई प्रयोेग गर्न नहुने स्पष्ट ब्यबस्था हुँदाहुँदै सबिधानको खिल्ली उडाएको प्रती महासंघको ध्यानाकर्षण भएको हो ।
यही २०७६ साल असोज ७ गत्ते सरकारको बिरोध गर्न नेपाली काँग्रेसले काठमाण्डौको रत्नपार्कमा आयोजना गरेको जनचेतना आमसभामा ठुलो संख्यामा सामुदायिक विद्यालयको विद्यार्थी परिचालन गरिएको प्रती महासंघका केन्द्रिय अध्यक्ष कृष्ण थापाले ध्यानाकर्षण गराएको महासंघले बताएको छ ।
सबै राजनितिक दलहरु , शिक्षक एबं बिद्यार्थीलाई एस्तो किसिमको कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]