सिन्धुपाल्चोक । सारकार पनि मा¥यो , पानी पनि मा¥यो, आनी एस्तो भोयो । यो आवाज हो अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको खाँडीचउर देखी दोलखाको चरिकोट सम्म गाडीमा यात्रा गर्ने यात्रुहरुको ।
नेपालको स्वीटजरल्याण्डको जिल्ला भनेर चिनिने दोलखा जहाँ पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्व राख्ने जिल्लाको रुपमा चिनिन्छ । जहाँ गौरीसंकर हिमाल,च्छो रोल्पा ताल,कालिञ्चोक भगवती,देशमा अनिस्ट हुन लाग्दा पसिना आउने भिमेस्वर,सैलुङ्ग,जिरी,चेरदुङ्ग डाँडा लगाएतका महत्वपूर्ण पर्यटकिय क्षेत्र रहेको साथै हालसम्मकै मुलुकको ठुलो अपर तामाकोसी हाइड्रोपावर समेत यही जिल्लामा रहेको छ ।
नेपालमा बिनासकारी भुकम्प जानुभन्दा अगाडी सगरमाथा जाने पदयात्रा समेत जिरी हुँदै आन्तरिक तथा बाह्य पर्यटकहरु हिड्ने क्षेत्र हो ।
जसको कारणले जिल्लाको आम्दानीको श्रोत मनग्ये राम्रो हुने गरेको र राज्यलाई समेत टेवा पुगेको कुरा होटल ब्यबसायी तथा नागरिकहरु बताउछन् ।
तर जब २०७२ सालमा भुकम्प जानु संगै खाँडीचउर जिरो पइन्ट हुदै चरिकोट ५५ किलोमिटर सडकको निर्माणको काम गौरी पार्बती निर्माण सेवा र सुनौलो खिम्ती निर्माण सेवाले छुट्टाछुट्टै प्याकेजमा ३२ प्रतिशत विलोमा ठेक्का पारेका थिए ।
भुकम्पको मार खेपेका दोलखा, सिन्धुपाल्चोकवासीमा दुखेको मनमा केही मलम बन्ने आशा गरेका थिए । दुई बर्षमा कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएको उक्त सडकखण्ड ४ बर्ष बित्दा पनि काम एक चौथाई पनि नभएपछी जिल्लाबासी आक्रोसित बनेका हुन् ।
० पोइन्ट देखी २५ किलोमिटर सम्म गौरी पार्बती निर्माण सेवाले ५७ करोड रुपैयामा ठेक्का लिएको थियो । हाल सोही क्षेत्रमा दैनिक पचासौ यात्रुबाहक तथा मालबाहक गाडीहरुलाई स्काभेटरले तानेर पार लगाउनुपर्ने कुरा सडक बिभागका सुपरभाइजर कुलबहादुर भण्डारीले जानकारी गराए ।
काठमाण्डौ बाट सामान्यतया बाटो बनाउनुभन्दा अगाडी ५ घण्टामा चरिकोट पुगिने गरेकोमा हाल २३ घण्टा सम्म लागेको र सयौ यात्रु गाँसबासको अभाबले अलपत्र पर्नु परेको यात्रुहरुले जानकारी दिएकाछन् ।
नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दापनि बाटोको अबस्था उस्तै भएपछी सर्बत्र आलोचना हुँदापनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको स्थानियहरुको भनाई रहेको छ ।
मुलुकमा यतीठुलो परिबर्तन ग¥यौ भन्दै कुर्लने नेताहरु किन सम्बन्धित ठेकेदार कम्पनिलाई कार्बाही गर्न सक्दैनन् ? सरकार भन्दा ठुलो ठेकेदार कम्पनि भएपछी जनताले कहिले सम्म खेप्ने सास्ती ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]