काठमाण्डौं । नजिकिदै गरेको दशै तथा तिहारलाई लक्षित गरी यातायात क्षेत्रमा कालो बजारीको धन्दा सुरु भएको छ ।
दुर्गम क्षेत्रका यात्रुहरलाई लक्षित गरी बार्षिक रुपमा टिकट बुकिङ खुल्ला गरिदै आएको छ । तर खुल्ला गरिएको टिकट सर्बसाधरणले थाहै नपाइकन पहुँचवाला र यातायात क्षेत्रमानै काम गर्ने आसेपासेहरुले लिने र निर्धारित भाडादरभन्दा मंहगो मुल्यमा बेच्ने गरेको यात्रुहरुको गुनासो रहेको छ ।
खोटाङ काठमाण्डौ चल्ने गरेका साना तथा ठुला यात्रुवाहक सवारी साधनको भाडादर प्रमुख जिल्ला अधिकारी र यातायात ब्यबसायीको विच सर्बपक्षिय हिषाबले निर्धारण गरिएको, जसमा ठुला सवारीको १३२०।– साथै साना सुमो जिपहरुको भाडादर १४५०।– निर्धारण गरिएको कुरा खोटाङका प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्याय ले जानकारी गराएकाछन् ।
दशैंको बेला एकतर्फीमात्र यात्रुहुने बहानामा साना सवारी सुमो तथा जिप सेवाहरुले १८०० देखी २२००।– रुपैया सम्म असुल्ने गरेका सुमोका यात्रुले गुनासो गरेकाछन् । खोटाङ च्यास्मिटार घर भएका (५०१७) नं. मारतिका गातायात प्रा.लि.का चालक सुजन राईका अनुसार आज सम्म १८००।– हो, भोली देखी २०००।– भाडादर हुने जानकारी गराए ।
ठुला सवारीहरुले पनि टिकटको काला बजारी गरेको आम यात्रुहरुको गुनासो रहेका छ । लाइनमा बस्नुपर्ने अनी आफ्नो पालो आउदा टिकट सकिने, पाउदैनौ भन्ने गरेको र टिकट आफन्तलाई र आसेपासेहरुलाई ब्लाकमा बेच्ने गरेको गुनासो आम यात्रुहरुको रहेको छ ।
खोटाङ यातायात प्रा.लि.का महासचिब रामकुमार हिङमाङका अनुसार असोज ५ गत्ते देखी टिकट बुकिङ खुल्ला गरिएको र खोटाङ यातायातले निर्धारण गरेका फुलभाडामा १२० घटाएर १२००।– मा टिकट दिने गरेको जानकारी गराए । साथै खोटाङ यातायात प्रा.लि.को बारेमा समस्या भए सोको जिम्मा आफुले लिने दाबी समेत गरेका छन् । तर बाहीरबाट आएका गाडीको जिम्मा भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने या नियमन गर्नु पर्ने जानकारी गराए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]