दिक्तेल । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका अधिकांस श्वास्थ्य क्लिनिकहरुमा अवैधानिक हिषाबले गर्भपतन गराउने गरिएको जानकारी प्राप्त भएको छ ।
सामान्य क्लिनिक,पोलीक्लिनिकहरुमा श्रीमान श्रीमतीको सहमतीमा २ हजार देखी ३ हजार सम्म लिने गरेको र बिना श्रीमान श्रीमतीको, अप्ठ्यारोमा परेकाहरुको ५ देखी ३० हजार सम्म लिने गरेको नाम नभन्ने सर्तमा एकजना सेवाग्राहीले जानकारी गराएकाछन् ।
गर्भपतन गराउदा प्राय गरेर मिजो नाम गरेको चक्की खुवाउने र कहिलेकाहीँ सो चक्कीले काम नगर्दा अत्याधिक रक्तश्राब भएपछी बैधानिक गर्भपतन सेवा लिन अस्पतालहरुमा जाने गरेको जानकारी भएको छ ।
गर्भपतन गराउनको लागि मिफेप्रिस्टोन २०० एम.जि र मिगोप्रिस्टोन २०० एम.जि.लगाएत विभिन्न नामको चक्कीहरुको प्रयोग हुने गरेको छ । जुन औषधीको प्रयोग आधिकारप्राप्त सुरक्षित गर्भपतन सेवा बाहेककालाई अनुमती छैन ।
सम्बन्धित क्लिनिकहरुलाई बिना लाइसेन्स, दक्ष जनशक्ती बिना , भिडियो एक्सरे प्रयोगमा समेत अनुमती नभएकोमा सोको प्रयोग गर्दै आइरहेका छन् । सम्बन्धित निकाएले अनुगमन र निएमन गर्न नसकेकोले अकालमै ज्यानजानसक्ने सरोकारवालाहरु बताउछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]