खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ स्थाई घर भएकी बर्ष ४५ को तुलसा थापा बिगत ५ दिन अगाडी देखी ज्वरोको बिरामी परी जिल्ला अस्पताल दिक्तेलमा उपचार गराईरहेकी थिइन ।
जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछी अस्पतालले रिफर गरेको र तत्कालै गाडी रिर्जभ गरेर काठमाण्डौ सिनामंगल स्थीत काठमाण्डौ मेडिकल कलेज पु¥याइएको निजको भाई पदम कटुवालले जानकारी गराए ।
उपचारको क्रममा सबैखालको परिक्षण गरिएको तर बिरामीमा सुधार आउन नसकेपछी अस्पतालका डाक्टर सुनिल को टिमलाई के भएको हो ? अब के गरौ ? भनेर सोध्दा झर्कोफर्को गर्दै टिममा रहेको नर्सले केही भएको छैन । घरमा लगेर दाल भात खुवाउनु,हामीले दालभात खुवाएर पाल्दैनौ भन्ने जवाफ दिएको कुरा जानकारी गराएका छन् ।
श्वास्थ्य क्षेत्रमा काम गर्ने श्वास्थ्यकर्मीले बिरामी तथा बिरामीको कुरुवालाई मनोसामाजिक परामर्श गरी उपचार गराउनुपर्नेमा उल्टै गालीगलौज गरी दुब्र्यबहार गरेको प्रती बिरामीको आफन्तले गुनासो ब्यक्त गरेका छन् । अहिले बिरामीलाई अस्पतालबाट निकालिएको कुरा जानकारी प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]