लगातारको वर्षाको कारण खोटाङ जिल्ला स्थित अधिकांश ग्रामिण सडकहरु अवरुद्द हुँदा दशैंका लागि गाउँ फर्कने यात्रुहरुलाई शास्ती भएको छ । चाडवाडका समयमा सडक पूर्ण रुपमा अवरुद्द भएपछि शहरवाट गाउँ फर्किएका यात्रुहरुलाई शास्ती भएको हो ।
वर्षाका कारण दिक्तेल–चखेवा, दिक्तेल–जालपा–ऐंसेलुखर्क–बाक्सिला, दिक्तेल–पाथेका, दिक्तेल–बुइपा–रसुवा, दिक्तेल–टेम्मा–पञ्चमी, दिक्तेल–मात्तिम लगायतका ग्रामिण सडक सुचारु हुन सकेको छैन ।
बन्द भएका ग्रामिण सडकहरु सुचारु गराउन यसअघि नै स्थानीय निकायलाई पत्राचार गरी सकिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो । वर्षा रोकिएपछि सडक सुचारु गराउन स्थानीय निकाय परिचालन गरिने प्रजिअ उपाध्यायको भनाई छ ।
यस्तै,जिल्लामा रहेका तीन विमानस्थलमध्ये दुई विमानस्थल मात्रै सञ्चालनमा छ । थामखर्क विमानस्थल र लामिडाँडा विमानस्थल सुचारु छन् । तर सदरमुकाम नजिक रहेको मनमाया राई खानीडाँडा विमानस्थल भने पहिरोले भत्किादा वन्द रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]