खोटाङ, असोज ३० – देउसी खेलेर स्थापना गरिएको साईनो कला केन्द्र खोटाङले यसपालिको दिपावलिमा पुनः सांगेतिक देउसी खेल्ने भएको छ ।
गीत, संगीत र कलाको क्षेत्रमा उर्वर भुमीको रुपमा चिनिएको खोटाङ जिल्लाले राष्ट्रिय स्तरका थुप्रै प्रतिभाहरु जन्माईसकेको भएता पनि जिल्ला भित्र संगीत सिक्नका लागि एउटा पनि व्यवस्थित कला केन्द्र नभएको र यस क्षेत्रमा लाग्न चाहने नयाँ प्रतिभाहरु संगीत सिक्नकै लागि जिल्ला छाड्नु पर्ने दुखद बाध्यता रहेकोले सो बाध्यताको अन्त्य गर्ने उद्धेश्यका साथ जिल्लाका पाँच जना युवाहरु मिलेर साईनो कला केन्द्रको स्थापना गरेका हुन् ।
२०७४ सालको दिपावलीको अवसरमा सांगेतिक देउसी खेलेर स्थापना गरिएको साईनो कला केन्द्रमा हाल एक सय पचास भन्दा बढीले संगीत सिकीसकेका छन् भने हाल विभिन्न विधाका सत्तरी जना नयाँ प्रतिभाहरुले बाद्यवादन र भोकल सिकीरहेको कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
हाल वादन तर्फ गीतार, हार्माेनियम,मादल र तबला, त्यस्तै गायन तर्फ शाष्त्रीय संगीत, उपशाष्त्रीय, सुगम लगायतका विधाहरुमा सिकाईरहेको कला केन्द्रले अब केही दिन भित्रै नृत्य कक्षाको उद्घाटन गर्न लागिएका कला केन्द्रका नृत्य विभाग प्रमुख सन्जिप राईले जानकारी दिनुभयो । नृत्य कक्षालाई व्यवस्थीत रुपवाट सञ्चालन गर्नका लागि नै दिपावलीको अवसरमा सांगेतिक देउसी खेल्न लागिएको राईले बताउनु भयो ।
स्मरण रहोस, साईनो कला केन्द्रले भर्खरै मात्रै जिल्लामा हलेसी साईनो स्टार, एकल गायन प्रतियोगिता २०७५, सम्पन्न गरिसकेको छ । व्यवस्थापनको हिसावले जिल्लाको अहिले सम्मकै उत्कृष्ट कार्यक्रमको रुपमा हेरिएको सो कार्यक्रमको फाईनलमा राई ईज किङ राजेश पायल राई, संगीतकार प्राज्ञ सान्तिराम राई, संगीतकार महेश खड्का लगायतका राष्ट्रिय कलाकारहरुलाई उपस्थित गराईएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]