खोटाङ । कृषि फलफूल तथा तरकारीमा बिचौलियाको चरम चलखेल पछी सो को न्युनिकरण गर्न भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ पुरानो बैंकचौकमा गत एकबर्ष एता सहुलिएत अैचापैचो पसल को स्थापना भएको र सेवाग्राहीले बिचौलियाको मारबाट सास्ती नपाउने कुरा बिभिन्न अखबारहरुको हेडलाइन बन्यो ।
जुन कार्यक्रम सञ्चालनको लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समेत १ लाख अनुदान र बाँकी ४ लाख बराबरको सडेगलेका तरकारी तथा फलफूलको नगरपालिकाको कृषिबिज्ञको सिफारिसमा क्षेतिपुर्ती दिनेगरी लगानी गरेको नगरपालिकाको मेयर दिपनारायण रिजालले जानकारी गराएका छन् ।
नागरिकको समस्यालाई ध्यानमा राखेर प्रत्येक हप्तामा २ पटक बुधबार र शनिबार लाग्ने स्थानिय हाटमा बिहान ४÷५ बजेदेखी नै बिचौलियाले तरकारी ठेग्ने र महंगो मुल्यमा बेच्दै आएकाले सोको चलखेल रोक्नको लागि नगरपालिकाले बिहान ६ बजे देखी मात्र बजार लाग्ने र थोक बिक्रि पछी मात्र ठेग्न पाउने निएम लागु गराएको कुरा मेयरको भनाई रहेको छ ।
त्यसैगरी किसानले उत्पादन गरेको कृषि उपज सहजै बिक्रिगर्न सकिने र खरिद गर्न सकिने उद्वेश्यको साथ स्थापना भएको सहुलिएत अैचोपैचो पसलले हाटबाट तरकारी तथा फलफूल किनेर बेच्दा प्रत्येक हाटको बजारमुल्यमा केही प्रतिशत राखेर बेच्न पाउनेगरी नगरपालिकाले मुल्य स्वीकृती दिने गरेको रिजालको भनाई रहेको छ ।
२ जना कर्मचारी समेत राखी सञ्चालन गरिएको उक्त पसलले कार्यक्रम सञ्चालनको एकबर्ष बित्न नपाउदै आफुखुसी ब्यापार गर्ने गरेको सेवाग्राहीको गुनासो रहेको छ । एउटै पसलमा एकापट्टी नगरपालिकाको मूल्यको सामान र अर्कापट्टी कर्मचारीको ब्यक्तीगत सामान भन्दै महंगो मुल्यमा बेच्ने गरेको साथै नगरपालिकाको मुल्यपट्टीकोमा केही सडेगलेका सामान र केही तरकारीको बिउमात्र राखेको र कर्मचारीको पट्टी फ्रेस तरकारी तथा फलफूल हुने गरेको र सो को मूल्य अन्य बिचौलियाको बराबर हुने गरेको स्थानियको गुनासो रहेको छ ।
उक्त पसलका सञ्चालक अनिल जोशीले देशपोष्ट संगको कुराकानीमा जस्ले पनि बेच्न पाउछ, मैले बेच्न लगाएको हो, त्यो मेरो पसल हो हामीले लाख लाख ठगेको छैन ,बेच्छौ भन्दै देशपोष्ट संग कड्किएकाछन् । मेयर रिजालले भने त्यस्तो कार्य भएको हो भने तुरुन्तै रोक्ने र कार्बाहीको दायरामा ल्याउने कुरा ब्यक्त गरेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]