जिल्लामा संगीत सिकाईरहेको एक मात्र संगीत विद्यालय साईनो कला केन्द्रले नृत्य सेन्टरको सुरुवात गरेको छ । जिल्लामा क्रियाशिल केही युवायुवाहरुको अथक प्रयास र प्रयत्न पश्चात देउसी भैलो खेलेरै २०७४ फागुन १ गतेवाट विधिवत र कानुनतः रुपमा स्थापना भएको केन्द्रले नृत्य सेन्टरको सुरुवात गरेका हुन् । २०७४ सालको तिहारमा उठेको १ लाख ७० हजार रकममा पाँच जना युवाहरुले विस÷विस हजार पैसा उठाएर सो साईनो कला केन्द्रको स्थापना गरेका थिए ।
संगीततर्फ हार्मोनियम, गितार, तबला, मादल, बासुरी, ड्रमसेट, किर्बोड र गायनतर्फ भोकलका विभिन्न लामा, छोटा कक्षाहरु सिकाउदै आएको केन्द्रको कार्यालय भवनगैरामा स्थापना गरेको नृत्य सेन्टर बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले उद्घाटन गर्नुभयो । नृत्य सेन्टर सञ्चालन भएसँगै यस क्षेत्रमा लाग्न चाहने नयाँ प्रतिभाहरु नृत्य सिक्नकै लागि जिल्ला बाहिरिनु पर्ने बाध्यताको अन्त्य भएको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । साथै सो नृत्य सेन्टरको उद्घाटनसंगै कला केन्द्रका कलाकारहरुले समिक्षालयहलमा लाईभ गीत गायन, नृत्य लगायतका विभिन्न प्रस्तुतिहरु पनि देखाएका थिए ।
भाडामा घर लिएर गायन र बाद्यबादन सिकाई रहेको केन्द्रले हालसम्म खोटाङ आईडल तेज कुमार राई, भिजन आईडल (ओखलढुंगा) फस्ट रनरअप प्रवृत्ति राई, जिल्लाव्यापी खुल्ला लोक गीत प्रतियोगितामा पर्शु गजमेर, वेदना राई र युवराज राई (प्रथम)जस्ता प्रतिभावान कलाकारहरुको उत्पादन गरिसकेकोे छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]