सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को (सोमबार) बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुर्नगठन गर्ने अधिकारी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वविवेकीय अधिकार भएको भन्दै प्रधानमन्त्री ओलीलाई नै यसको जिम्मा दिएको कुरा बताइएकोछ । यससँगै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनको आन्तरिक तयारीलाई निष्कर्षमा पुर्याउने गरि तीव्रता दिएको जानकारी प्राप्त भएको छ ।
आफ्नो सचिवालय टिमलाई सामूहिक राजीनामा दिएर मन्त्रीमण्डलका सदस्यहरुलाई पनि सन्देश प्रवाह गरेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुबाट पनि सामूहिक राजीनामाको अपेक्षा गरेको बालुवाटार स्रोतले बताएको छ । बहालवाला मन्त्रीहरुसँग पनि छुट्टाछुट्टै सम्वाद शुरु गरेका ओलीले सम्भावित मन्त्रीहरुसँग पनि छुट्टाछुट्टै वार्ता अघि बढाएको जानकारी आएको छ ।
धेरैजसो मन्त्रीहरुलाई बिदाई गर्ने सोचमा रहेका प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई पार्टी कामको जिम्मेदारी थप्दै पार्टीमा फर्काउने कि सरकारमै राख्ने भन्ने विषयमा पनि छलफल अगाडी बढाएका छन् ।
यदि पोखरेललाई पार्टी काममा फर्काएमा पार्टी महासचिव विष्णु पौडेललाई सरकारमा पर्काउने छलफल पनि प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग चलाएको बताइन्छ । मन्त्रीमण्डल पुर्नगठनको तयारीसँगै नयाँ अनुहारहरुको चर्चा पनि शुरु भएको छ । प्रधानमन्त्री ओलीले मंसिरको पहिलो हप्तामै मन्त्रीमण्डल पुर्नगठनको तयारी गरिरहेका बेला विभिन्न नामहरु चर्चामा आउन थालेका हुन् ।
अहिले सम्भावित मन्त्रीका लागि नेकपाका नेताहरु धनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, पम्फा भुषाल, अग्नी सापकोटा, प्रभु साह, देव गुरुङ, महेश बस्नेको नाम चर्चामा छ । त्यस्तै गरी उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, नारदमुनि राना र हृदयश त्रिपाठीको नाम पनि चर्चामा रहेको बालुवाटार श्रोतले जानकारी गराएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]