काठमाडौं, २७ कार्तिक । चार दिने नेपाल बंगलादेश मैत्रिपुर्ण भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति महम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता भएको छ ।
काठमाडौंमा बुधबार दिउँसो राष्ट्रपति हमिदसँग भेट गर्दै प्रधानमन्त्री ओलीले द्विपक्षीय हितका बारेमा कुराकानी गरेका हुन् ।
बुधबार नै राष्ट्रपति हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेका थिए । राष्ट्रपति हमिद मंगलबार नेपाल आएका हुन् । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको श्रोतले जानकारी गराएकोछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]