काठमाण्डौ । बिगत लामोे समयदेखी श्वस्थ्य क्षेत्रमा अध्ययन गर्ने र काम गर्ने सेवाग्राही एबं आम जनमानसको सत्तोसराप खाने मध्येको एउटा सरकारी अड्डा हो नेपाल श्वास्थ्य ब्यबसायी परिषद ।
उसोत त्रिभुबन विश्वविध्यालय र आंगिक क्याम्पसहरुले अध्यापन गराइरहेको माइक्रोबायोलोजीको पनि परिषदले लाइसेन्स दिनुपर्छ भनेर २९ दिन लामो परिषदमा तालाबन्दी नै भएको गतिलो अड्डा हो परिषद ।
सेवाग्राहीले श्वास्थ्य ब्यबसायी परिषदमा दर्ताहुन त खपिनसक्नुनै पिडा सहनुपर्ने गरेको सेवाग्राहीहरु बताउछन् । तर परिषदमा गत तिन महिनादेखी नया रजिष्टार दिपक भट्टले परिबर्तनको तहल्का मच्चाइरहेको कुरा जताततै चर्चा हुने गरेको छ ।
लामो समयदेखी बिबादमा रहेको माइक्रोबायोलोजी को बिषयमा लाइसेन्स दिने की नदिने भन्ने कुराको लागि बिज्ञ टोली को अनुसन्धान समिती बनाएर प्रतिबेदन पेश गर्न निर्णय गरी काम अगाडी बढेको,नया दर्ता हुन ४५ दिन लाग्ने गरेकोलाई २० दिनमा झारेको,नबिकरण १ घण्टा भित्र गरीसक्ने,बिबादमा रहेको परिषदको निर्बाचन यथासम्भब चाडो गर्न बार्ता भएको , १२ बर्ष देखी लाइसेन्सको परिक्ष रोकिएको लाई प्रस्ताबित कानुन बनाएर चाडो सञ्चालन गर्ने सो को लागी संसदमा कानुन पुगीसकेको कुरा रजिष्टार भट्टले जानकारी गराएकाछन् ।
आफु सो कार्यालयमा आएलगत्तै अनुमती माग्ने ८ वटा कलेजको अनुगमन गरेको र एउटा मात्र मापदण्ड पुरा भएको भेटिएको , पहिला अध्यक्ष र रजिष्टारले अनुगमन गर्ने गरेको हाल बिज्ञलाई पठाउने निर्णयनै गरेको र आफु बसिन्जेल कार्यालयले सेवाग्राहीलाई महसुस हुने गरीको प्रभाबकारी सेवा दिने अठोट रहेको कुरा ब्यक्त गरेकाछन् ।
आफु वान बाई वान समस्या हल गर्न तिर लागेकाले सबैले सहयोग गरिदिन पनि अपिल गरेकाछन् । प्रशासकले चाँहदा परिबर्तन गर्न सकिने र नागरिकले पनि नकरात्मक टिप्पणी मात्र होइन सकरात्मक परिबर्तनकोलागि हौसला दिनुपर्ने कुरा भट्टको रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]