समय र परिबेश अनुसार समाजमा बिभिन्न नोकरीको आ–आफ्नै मोह र चर्चा परिचर्चा हुनेगर्दछ । २०५०–०५५ को हाराहारीमा बिदेश गएर आएका बिहे नगरेका ठिटाहरुलाई गाँउघरमा छोरी दिन हुरुक्क हुन्थे छोरीपक्षका आमाबाबुहरु ।
समयको क्रमसंगै सरकारी जागिरको यती धेरै मोह बढ्यो , गाँउघरमा छोरी माग्न जाँदा छोरीपटीका बाबुआमाले के जागिर हो यदी सरकारी जागिर हो भने आँखा चिम्लिएर निर्णय गर्ने परिपाटीको बिकास भयो ।
तर रामेछापका एक युवाले भने सरकारी जागिरमा भबिष्य नदेखेपछी ब्यबसायलाई उच्च कोटीमा राखेर हाल सफल ब्यबसायी बनेकोकुरा बताउछन् । जिल्लाको खाँडादेबी गाँउपालिका वडा नं. ६ माकादुममा २०४१ सालमा जन्मिएका नारायण कार्की शिक्षाले १२ कक्षा उतिर्ण गरेका हुन् ।
बिध्यालय तहमा बिज्ञान र गणित बिषयमा अब्बल रहेका कार्कीलाई १२ कक्षा उतिर्ण हुने बित्तिकै गाँउकै बिष्णु जनज्योती मा.बि. मा शिक्षक जागिर गर्न बोलाइयो । गाँउमै जागिर मिलेपछी बिज्ञान र गणित पढाउने गरी २ बर्ष सम्म अध्यापन गराएको र सो बिचमा आफु लाई प्रधानाभ्यापक सम्म हुने मौका मिलेको कुरा कार्की बताउछन् ।
२ बर्ष पछी अस्थाई जागिर त्यो पनि साधारण पैसाले जिबन नचल्ने देखेपछी नेपाली सेनाको जागिरमा भर्ती भई काम गरेको अनुभब सुनाउछन् । सानै उमेरदेखी भलिबल खेल्ने भएकोले नेपाली सेनामा पनि खेलकुदमा राम्रो मौका पाएको र ७ बर्ष सम्म सबैको मन जितेर थुप्रै गेमहरु जितेको अनुभब सुनाउछन् कार्की ।
उसबेला जम्मा ७०००। रुपैया महिनाको तलब हुने र सो तलबले पनि जिबन नचल्ने देखेपछी ब्यबसायिक सोच आउथ्यो,र तलब निकालेर रिक्सा किनेर रिक्सा चलाउन दिएको , सो रिक्सा बाट तलब भन्दा बढी कमाईहुने गरको उनको अनुभब छ । उनलाई त्यसैबेला लागेको थियो की जागिर भनेको राज्यलाई गर्ने सहयोगमात्र हो तर आर्थिक सम्बृद्दी गर्न सकिदैन लागेपछी जागिरबाट उपदानमा निस्किएर बैदेशिक रोजगारको लगि मलेशिया र कतारमा ४ बर्ष बिताएको अनुभब छ कार्की संग ।
बिदेशमापनि नेपालको जागिरको कारणले राम्रो जागिर पाएँ , किनकी म सेक्युरिटी गार्डमा गएको थिए । आफुसंग सिप भएको कारण दुःख पाउनु परेन कार्की सुनाउछन् । जब पैसा कमाएर नेपाल फर्किए अनी ब्यबसाय गर्न सुरुवात गरिहाँले उनी भन्छन् । हाल २० लाखको लागतमा भक्तपुरको सुर्यबिनायक १० चित्तपोलमा नासिका खाँडादेबी नमुना केषि फर्म,नासिका खाँडादेबी होटल,मासुपसल,किराना सामगीहरु बिक्री गर्ने र आफुसंग ४ वटा जर्सी जातको गाई रहेको र दैनिक १६ लिटर दुध बेच्ने गरेको उनी बताउछन् ।
५ जनालाई रोजगारी दिएर पनि मासिक १ लाख कमाईहुने गरेको उनको भनाई रहेको छ । सस्तो ब्याजदर र अनुदानको लागि धेरै सरकारी निकाएमा भौतारिदा पनि सरकारी निकायले पिडा नसुनी बिभिन्न धितो बन्धकको कुरा गरेपछी १८ प्रतिशतको ब्याजदरमा ऋण काढ्नु परेको उन्को तितो एथार्थ रहेको छ ।
राज्यले बास्तबिक ब्यबसायी चिन्न नसक्ने शक्तिको पछाडी दौडिने गरेको आम ब्यबसायीको गुनासो रहेको बेला समयमै यस्ता उधमीहरुलाई सम्बोधन गर्नुपर्ने जरुरी रहेको छ । राज्यले दिने अनुदान र सस्तो ब्याजदरको ऋण असल उधमीहरुलाई महत्वपूर्ण सहयोग हुन सक्छ, जसले समाजमा सकरात्मक सन्देश प्रबाह गर्ने कुरामा ढुक्क हुन सकिन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]