काठमाण्डौ । बिश्वमा बिकसति मुलुकहरुको बिकासको अभ्यासलाई हेर्नेहो भने उच्च राजनैतिक अभ्यास,खुला अर्थतन्त्र,उधोग कलकारखानामा लगानी र निजीक्षेत्रहरुको बिस्तार,नियमन र अभिबृद्दी जस्ता कुराहरुले बिकसित मुलुकहरु अर्थतन्त्रमा आत्मनिर्भर भएको अभ्यासहरु देख्न सकिन्छ । जसलाई राज्य,निजीक्षेत्र र बजार को सन्तुलन पनि भनिन्छ ।
तर नेपालमा भने राजनैतिक खिचातानी,खुला अर्थतन्त्रको अभ्यास नहुनु,उधोग तथा कलकारखानामा शुन्य लगानी,निजीक्षेत्रको बिस्तारको नाममा दैनिक जसो २० देखी ३० वटा निजी कम्पनी, कम्पनी रजिष्टारको कार्यालयमा दर्ता हुन्छ , सो हिषाबले हेर्ने हो भने बार्षिक कार्यालय खुल्ने दिन गुणा औषतमा १५ वटा मात्र निजी कम्पनीको हिषाब गर्नेहो भने बार्षिक कतीको संख्यामा दर्ता हुदो हो ? हाल सम्म नेपालमा कती संख्यामा निजी कम्पनीहरु होलान सहजै अनुमान गर्न सकिन्छ ।
त्यसैगरी कम्पनी कानुनले के भन्छ भने ब्यक्तीको मृत्यु संगै कम्पनीको पनि मृत्यु हुन्छ । त्यसो हुदाँ बार्षिक विवरण,चौमासिक प्रगती,करमा मासिक विवरण ,अडिट प्रतिबेदन बनाउन नसकेर मर्नु न बाँच्नु हुँदै बाच्ने कम्पनी र कानुनी हिषाबले कम्पनी खारेजीको अबस्था पनि उतिकै संख्यामा भेट्ने गरिन्छ कम्पनी रजिष्टारको कार्यालयमा ।
कम्पनी किन चल्न सकेन ? किन खारेज गर्नु प¥यो ? बचाउन सकिने या निरन्तरता दिन सकिने आधार यो हो भन्ने बिषयमा बिषयबिज्ञ या अनुसन्धानको त कुरै छाडौ , कम्पनी रजिष्टारको कार्यालयको भित्रिया र बाहिर गेट आसपासदेखी नै तानातान हुन्छ बिचौलियाहरुको । के काम हो ? दर्ता की खारेज ? कि विवरण पेश हो ? म एती रुपैयामा गरिदिन्छु । न यो बिषयको सम्बन्धित निकायले नियमन नै गर्छ सेवाग्राहीको तानातान छ लाग्छ यो तान्डब नृत्यनै होकी जस्तो ।
सामान्यतया एउटा नयाँ कम्पनी दर्ता गर्नु प¥यो भने आफैले गर्दा १ देखी २ महिना लाग्छ । जस्तो कागजात पेश गरेपनि भएन नै भन्छन् , झर्किदै फाएल फाली दिन्छन् कर्मचारीले , के पुगेन के गरौ त भन्दा वकिलहरुलाई जिम्मा दिनु वा अलिक फकाएर सोध्यो भने हाम्रै कर्मचारीले सबै काम गरिदिन्छन् पैसा दिनुस तर कसैलाई नभन्ने सर्तमा , त्यसैगरी खारेज गर्नुप¥यो, विवरण पेश गर्नु प¥यो भनेपनि स्थीती उही हो ।
अरुत कुरै छाडौ कम्पनीमा फाएल हराउने ठुलो रोग हो । अब फाएल खोज्नु प¥यो भने चिया खर्च बापतको ५०० सम्म पैसा नदिई फाएल कुनै हालतमा भेटिदैन , फेरी पैसालिने सिस्टम फाएलभित्रै चेपेर या कागजमा पोका पारेर टेबल मुनी बाट सिसी क्यामेराले नदेख्ने गरी । कर्मचारी र फाँटैपिच्छे, दर्ता चलानी मा समेत छिटो गर्नलाई चिया खर्च बेहोर्नैपर्छ ।
लामो समयसम्म दुःख पाएका एक सेवाग्राहीले आफ्नो फाएल खोज्दा अरु फाएलमा पैसा चेपेको भेट्टाए, सरसर्ती हेर्दा कहिलेकाहीँ कर्मचारीलाई पैसा झिक्ने फुर्सदपनि नहुँदो रहेछ , र त्यहाँका कर्मचारीलाई बोल्ने फुर्सद त हुदैननै , बोलीहालेपनि पनि सिसा चर्केजस्तो चर्किन्छन् ।
कम्पनी खारेजीको लागि कर्मचारीले अत्यन्त दुःख दिएका सेवाग्राहीको बल्लबल्ल काम गरिदिएको तर गरेको काम बिग्रीएछ भन्दा अघिनै हेर्नु पर्दैन ? हाम्रो खाजा समय हो यो २ घण्टा पछी आउनु भन्दै गाली गरको सेवाग्राहीको गुनासो रहेको छ ।
एस्तो परिस्थीतीमा नेपालीहरुको कहिलेहोला उन्नती ? यो सोचनिय बिषय हो । कहिले हुन्छ यस्तो निकाएको बास्तबिक निएमन र अनुगमन ? जनता जवाफ चाहन्छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]