काठमाण्डौ । बिश्व अर्थतन्त्रमा बिकसित मुलुकहरुले कैँयौ ठुलठुला प्रगतीको तहल्का मच्चाईरहेकोबेला नेपालमा भने बिज्ञानलाई चुनौती दिदैछ तान्तिक बिद्याले , लामो समय सम्म अस्पतालमा भर्ना भएका , जिन्दगीको भरै नभएकाहरुले अन्तत धामीको ठुलो बिश्वास गर्ने गरेको अभ्यास समुदायमा पाउन सकिन्छ ।
पछिल्लो समयमा तान्त्रिक बिद्या संग आयुर्बेदीक औषधीहरुको पनि ब्यापक मात्रामा ठुलाठुला हस्पिटल ले निको पार्न नसकेको,ज्यानै जोखिममा पर्ने किसिमका प्राणघातक रोगहरु पनि निको पार्न सकेको भन्दै सञ्चारमाध्यममा ब्यापकमात्रामा बिज्ञापन आउने गरेको तथ्यहरु भेटिन्छ ।
उसोत तान्त्रिक बिद्याको नाममा काठमाण्डौको चोकैपिच्छे जान्ने,माता,तान्त्रिक बाबा आदिले झारफुक,बोक्सी,डाइनी,मसान,पिसाचबाट छुट्कारा र भबिष्यबाणी गर्ने भन्दै भारीमात्रामा श्वास्थ्य बिज्ञानलाई चुनौती दिइरहेको , साथै फस्टाउदो झुटो ब्यापार गर्दै ठगी धन्दा मौलाईरहेको भेटिन्छ ।
त्यसै मध्यको एउटा ज्वलन्त उदाहरण हो ललितपुरको मंगलबजार नजिकै रहेको शिबतान्त्रिक गुरुको तान्त्रिक बिद्या, खासमा उनले प्रती दिन झण्डै ३०० जना ब्यक्तीलई झारफूक गर्ने नाममा चिनायु आयुर्बेदिक औषधी प्रालीको औषधी बेच्ने गरेको भेटिएकोछ । प्रती ब्यक्तीले गुरुकोमा ४ पटक सम्म दोहा¥याउन जानु पर्ने र ३ पटक सम्म औषधी किन्नु पर्ने सेवाग्राहीले जानकारी गराएकाछन् ।
एकजनालाई सामान्यतया ५ देखी ६ हजार सम्म पर्ने औषधी बेच्ने गरेको भेटिएको छ । सेवाग्राहीले सो औषधी खाएपछी सामान्य ठिक भएजस्तो भएपछी गुरुले फुकेको लाग्यो भन्ने गरेकाछन् ।
आर्युबेद आफैमा बिज्ञान हो । तर सोही बिज्ञानलाई तान्त्रिक गुरुले मेरो बिद्या भन्नु आँफैमा मुर्खता हो । यस बिषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुन जरुरी छ । साथै आयुर्बेदका नाममा थुप्रै बिज्ञापन भइरहेकाछन् सो बिषयमा बैधानिकता र बिषयबिज्ञको सहभागिताको बिषयमा अनुगमन हुन जरुरी छ साथै शिबतान्त्रीक गुरु र चिनायु आयुर्बेदिक संगको सम्बन्धको बारेमा सेवाग्राही प्रष्ट हुन जरुर छ ।यस बिषयमा अनुसन्धान, अनुगमन र नियमन गर्ने निकायको बेलैमा ध्यान जान महत्वपुर्ण हुने कुरा सेवाग्राहीहरु बताउछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]