दुइतिहाई सरकार बनेपछी मन्त्रीमण्डलको कार्यप्रगतीको आधारमा केही मन्त्रीहरुलाई बिदाई र नयाँ मन्त्रीहरुको आगमन भएकाबेला नेपालमा एककिसिमको तरङ्ग छाएको छ ।
के अब साच्चिकै नेपालमा परिबर्तन हुन्छ त ? पुर्ब मन्त्रीहरुले काम नगरेकै हुन्त ? अनी काम गर्ने मन्त्रीहरुलाई पनि प्रभाबमा परेर बिदाइ गरिएको हो भन्नेका पनि एकखालको जमात छ ।
सोही नयाँ आउने अनुहार मध्येका एक मन्त्री हुन् दोलखाको पूर्ब एमालेबाट संघिय संसद बनेका पार्बत गुरुङ, कार्यप्रगतीको आधारमा हटाउने र रेडजोनमा परेकी महिला,वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई बिदाई गरेपछी सो पद सम्हालेका नयाँ मन्त्रीहुन ।
मन्त्री बनेपछी पहिलोपटक आफ्नो गृहजिल्ला दोलखाको सुरीमा गोधुली साझमा गाउले भेटघाटको क्रममा पुगेकाहुन् ।
गौरीशंकर गाँउपालिका को सुरीमा जन्मिएका मन्त्री गरुङलाई स्वागत गर्न बाजागाजा,ध्वजापतका र अनेकौ झ्याकीहरुको ब्यबस्था गरेको थियो गौरीसंकर गाँउपलिकाले, भने महिला,वालबालिका तथा ज्येष्ठ नागरिकहरुको पनि उस्तै उल्लास थियो अब हाम्रो गाँउको मन्त्री पायौ हाम्रो दुःख का दिन गए भन्दै थिए गाँउलेहरु ।
नारा नै “सरकार हाम्ले पाका छौ, स्वागत गर्न आका छौ ” का प्लेकार्ड बोकेर बिगु गाँउपालिकको सिंगटी सम्म मन्त्री लिन गएका थिए गाँउलेहरु, स्वभाबैले आफ्नो क्षेत्रको मन्त्री बनेपछी ठुलै आस हँदो रहेछ जनतालाई , सबै नागरिक आफुले मन्त्री पाएकोमा गौरब लागेको बताईरहेका थिए ।
तर त्यही खुसीमा चुनौती पनि छ मन्त्रीलाई, आफुलाई सरकारले कामको जिम्मा दिएकोले सो पुर्ण गर्न सकेमात्र जनताको खुसी सार्थकता हुने बताएकाछन् । काम गर्ने जिम्मा पाएकालेनै खुसी भइहाल्नु नहुने कुरा मन्त्री गुरुङले राखेका थिए । आफु मन्त्री भएपछी माटोलाई सम्झिएर सो को सम्मानमा जन्मथलो पुगेको धारणा ब्यक्त गरेका मन्त्रीले आफुलाई सरकारले दिएको जिम्मेवारी पुरा गर्ने र जनताको आशालाई मर्न नदिने बिश्वास ब्यक्त गरेका थिए । नयाँ बनेका मन्त्रीहरुले कस्तो काम गर्ने हुन् त्यो भने जनताले महसुस गर्नै बाँकी छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]