काठमाडौं, १९ मंसिर– प्रधानमन्त्री केपीशर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि आज पूर्णरुपमा स्वास्थ्यलाभ गरेर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री ओली आज दिउँसो ४ः००बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
दशदिन अघि एपेन्डिसाइटिस भएर अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गरिएको टिचिङ्गस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले जानकारी गराएको छ ।
प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पनि केही दिन चिकित्सकीय निगरानीमै राखिने बताइएको छ । मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई टिचिङ्गस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमै आराम गर्दै आउनुभएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]