खोटाङ (दिक्तेल ) । जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ११ करोड ५० लाख रुपैयाको बजेट विनियोजन गरिएको छ । जिल्लाबाट प्रतिनिधी सभा तथा प्रदेश सभामा निर्वाचित सांसदहरु मार्फत आएको सो बजेट विनियोजन भएको हो । जिल्लाको १० वटै पालिकाहरुबाट आएको योजनाहरुको प्राथमिकताको आधारमा योजना वितरण गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिका संयोजक तथा प्रतिनिधी सभाका सदस्य विशाल भट्टराईले जानकारी दिए ।
विनियोजित बजेट मध्ये सबै भन्दा बढी सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा रहको छ । सदरमुकामको नगरमा ३ करोड ४७ लाख रुपैया रकम छुट्टयाइएको हो । यस्तै सबैभन्दा कम बजेट साकेला गाउँपालिकामा रहेको छ । साकेला गाउँ पालिकामा जम्मा ५० लाख रुपैयामात्र बजेट गएको छ ।
स्थानीय पूर्वाधार विकास सााझेदारी कार्यक्रम (संचालन कार्य्विधि) नियमावली २०७६ को नियम (७) को (६) अनुसार बजेट विनियोजन गरिएको हो । प्रतिनिधी सभा सदस्य विशाल भट्टराई, प्रदेश सभा सदस्य (क) राजन राई प्रदेश सभा (ख) सदस्य रामकुमार राई (पासाङ) र समानुपातिक प्रदेश सभा सदस्य उषाकलाई राईको उपस्थितीमा बजेट सार्वजनिक गरिएको छ । राजनीतिक दलका प्रतिनीधि तथा जिल्ला समन्वय अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन गरिएको थियो ।
विनियोजित रकम मध्ये ऐसेलुखर्क गाउँ पालिकामा प्रतिनिधी सभा मार्फत ३५ लाख, प्रदेश सभा सदस्य मार्फत ५० लाख रुपैया गरि जम्मा ८५ लाख रुपैया विनियोजन गरिएको छ । यस्तै केपिलासगढीमा प्रतिनिधी सभा मार्फत ६० लाख, प्रदेश सभा सदस्य मार्फत ५३ लाख रुपैया गरि जम्मा १ करोड १३ लाख रुपैया विनियोजन गरिएको छ । रावावेसी गाउँपालिकामा प्रतिनिधी सभा मार्फत ३० लाख, प्रदेश सभा सदस्य मार्फत ९५ लाख रुपैया गरि जम्मा १ करोड २५ लाख रुपैया विनियोजन गरिएको छ ।
यस्तै हलेसी तुवाचुङ नगरपालिकामा प्रतिनिधी सभा मार्फत ५५ लाख, प्रदेश सभा सदस्य मार्फत ५५ लाख रुपैया गरि जम्मा १ करोड १० लाख रुपैया विनियोजन गरिएको छ ।
यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रतिनिधी सभा मार्फत २ करोड ६५ लाख, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (क) मार्फत ४७ लाख र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (ख) मार्फत ४५ लाख रुपैया गरि जम्मा ३ करोड ५७ लाख रुपैया विनियोजन गरिएको छ ।
यस्तै साकेला गाउँपालिकामा प्रतिनिधी सभा मार्फत ३० लाख, प्रदेश सभा सदस्य मार्फत २० लाख रुपैया गरि जम्मा ५० लाख रुपैया विनियोजन गरिएको छ । यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रतिनिधी सभा मार्फत ३० लाख, प्रदेश सभा सदस्य मार्फत ४५ लाख रुपैया गरि जम्मा ७५ लाख रुपैया विनियोजन गरिएको छ । खोटेहाङ गाउँपालिकामा प्रतिनिधी सभा मार्फत २० लाख, प्रदेश सभा सदस्य मार्फत ५० लाख रुपैया गरि जम्मा ७५ लाख रुपैया विनियोजन गरिएको छ । जन्तेढुँगा गाउँपालिकामा प्रतिनिधी सभा मार्फत २५ लाख, प्रदेश सभा सदस्य मार्फत ६० लाख रुपैया गरि जम्मा ८५ लाख रुपैया विनियोजन गरिएको छ । र बाराहापोखरी गाउँपालिकामा प्रतिनिधी सभा मार्फत ५० लाख, प्रदेश सभा सदस्य मार्फत ३० लाख रुपैया गरि जम्मा ८० लाख रुपैया विनियोजन गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]