खोटाङ, मंसिर–२० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका बाट दिक्तेल जाने क्रममा अटो पल्टिएर चालकको घटनास्थलमै मृत्यु भएको छ ।को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका वडा नं.१० बिजुलेमा आज दिउसो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी वडा नं. २ अल्छेढुङ्गा स्थाइ घर भएका बर्ष २९ का टंकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोद कुमार खरेलले जानकारी गराएकाछन् ।
निज टंकबहादुर खत्री बैदेशिक रोजगारमा गएर फर्किएका र स्वदेशमै रोजगारी गर्नका लागि अटो किनेर बिगत ५ महिना देखी अटो चलाउदै आएको कुरा निजको परिवारले जानकारी दिएकाछन् ।
निजका २ छोरी १ छोरा र श्रीमती रहेकोछन् भने परिवारकै मुख्य मान्छे बितेपछी आँफु बिचल्नीमा परेको कुरा निजको श्रीमती रोसना खत्रीले ब्यक्त गरेकीछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]