सुनसरी,२०–मंसिर । बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनेर चिनिने कृष्णदास गिरीलाई प्रहरीले आज जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ । यसअघि प्रहरीले अदालतबाट ४ दिनको म्याद थप गराएर अनुसन्धान शुरु गरेको थियो ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा उनलाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको थियो । बलात्कार आरोपमा उजुरी परेपछि सुनसरीको चतराधाममा रहेका गिरी बिरामी भएको भन्दै विराटनगरस्थित विराट नर्सिङहोममा भर्ना भएका थिए ।
सुनसरी, बराहक्षेत्रको चतरास्थित रामानन्दाचार्य सेवा पीठका संरक्षकका रुपमा गिरीले कार्य गर्दै आएका छन् । पीडित भनिएकी महिलाले गत कात्र्तिक ४ गते आफूलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएको कुरा सुनसरी प्रहरीले जानकारी गराएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]