काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद साग को पौडीमा एकै पटक दुई वटा स्वर्णपदक जितेर गौरिका सिंहले कीर्तिमान बनाएकी छन् । सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको विश्व कीर्तिमान बनाएकी गौरिकाले सातदोबाटोस्थित पौडी पोखरीमा बिहीबार महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेर कीर्तिमान बनाएकी हुन् । उनी त्यति मा मात्र रोकिइनन् फेरी शुक्रबार अर्को स्वर्ण पदक थपिन् । अहिलेसम्म नेपालले व्यक्तिगततर्फ स्वर्ण जितेको थिएन । स्वर्ण जित्ने क्रममा गौरिकाले २ मिनेट ५ सेकेण्डमा दूरी पूरा गरिन् ।
यसअघि नेपालले टिम इभेन्टमा मात्र आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए । उनी बेलायतमा बस्दै आएकी र निरन्तर अभ्यास गरिरहन्छिन् । गौरिकाले १३ औं सागमा कुल ११ बिधामा प्रतिस्पर्धा गर्दैछिन् । अब ८ वटा बाँकी रहेकाछन् ।
पौडीबाजको रुपमा चिनिएकी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद सागमा दोस्रो स्वर्ण जितेर अर्को किर्तिमानी कायम गरिन् । शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमापनि उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७ सेकेण्डमा पूरा गरिन् । सागमा उनको यो दोस्रो स्वर्ण हो । यो प्रतिस्पर्धामा भारतीय खेलाडीले रजत र श्रीलंकन खेलाडीले कास्य पदक जिते ।
यसअघि गौरिका सिंहले २ सय मिटर फ्रि–स्टाइल विधामा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । सातदोबाटोको हिटिङ स्विमिङ पुलमा गौरिकाले २।०५।०६ समयमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन । २ सय मिटरमा भारतकी सिभांगी शर्माले रजत पदक हात पार्दा बंगलादेशी जुनायन अहम्मेदले कास्य पदक जितिन् । यस्तै महिला ४ सय मिटर फ्रिस्टाइल रिलेमा नेपालले कास्य जितेको छ । नेपाली टिममा गौरिका सिंह, अनुशिया तन्डुकार, टिसा शाक्य र डुवना लामा रहेकी थिइन् । उनीसँग कास्य पदकपनि थपियो ।
गौरिका सिंहको मुहारमा प्रायः देखिने मुस्कानमा कुनै फरक देखिएको छैन । लक्ष्य पनि स्पष्ट छ, प्रदर्शन थप सुधारिएको छ । आठौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूले भाग लिएको पौडीको सबै १२ इभेन्ट्समा उनले स्वर्ण पदक जितेर सबैलाई चकित पारेकी थिइन् । अब यो प्रतिस्पर्धामापनि उनले विश्वलाई चकित पार्ने लक्षण देखिन्छ ।
उनले चारवटा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइ सकेकी छिन् । पदकको दृष्टिकोणले उनी आठौँ राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी हुन् । नेपालगन्जको एउटा बिधा जितेपछि उनले भनिन्, मेरो बुवाको घर बझाङ हो , त्यसैले आफ्नै घरमा आएर खेलेझैँ महसुस भइरहेको छ ।
लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ । ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन्, नेपाली पौडीका लागि उनी अझ विशेष छिन्, दक्षिण एशियाली खेलकुदमा एकल रजत जितिसकेकी उनी नेपाललाई दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्वर्ण दिलाउने एक्ली उम्मेदवार हुन् ।
दुई वर्षअघि भारतको गुवाहाटीमा सम्पन्न १२ औँ दक्षिण एशियाली खेलकुदमा उनले नेपाललाई दुई सय मिटर इन्डिभिजुअल मिडलेमा रजत पदक जितेकी थिइन् र, केही सेकेण्डले उनी स्वर्ण जित्नबाट चुकेकी थिइन् आफ्नो लक्ष्यबारे उनलाई कुनै चिन्ता छैन । न त प्रतिद्वन्द्वीसँग कुनै डर नै,
नेपालगन्जमा भएको पौडी प्रतियोगिता पनि शर्ट कोर्षमा भयो । ५० मिटर पोखरीमा खेल्ने लङ्ग कोर्ष र २५ मिटरको शर्ट कोर्षका सबै नियम फरक हुन्छन्, समय तालिका समेत । त्यसैले भएका कीर्तिमानहरू शर्ट कोर्षकै तोडिएका हुन्, गौरिका त्यसमा पनि अब्बल भइन्, लण्डनमा हप्ताको १६ घण्टा नियमित कडा प्रशिक्षण लिने गौरिकाको वास्तवमा आठौँ राष्ट्रिय पौडीमा कसैसँग प्रतिस्पर्धा थियो भने आफैसँग थियो ।
अरू प्रतिद्वन्द्वीलाई निकै पछि पारियो नि भनी प्रश्नमा स्वभाविक मुस्कान छर्दै उनले भन्थिन्, मेरो ध्यान आगामी साफमा स्वर्ण जित्ने हो । त्यसका लागि कडा मेहनत गर्ने हो, समय सुधार्ने हो, प्रतिद्वन्द्वी को हो भन्ने होइन, मेरो प्रतिस्पर्धा मेरै पुरानो कीर्तिमानसँग हो, नभन्दै उनले साफमा किर्तिमान कायम गरेरै छोडिन् , साफको यो सफलतासँगै मात्र १६ वर्षीया गौरिकाका अगाडि थप दुई प्रतियोगिता छन्, पहिलो आगामी जुलाईमा दक्षिण कोरियामा हुने विश्व च्याम्पियनशीप र त्यसपछि २०२० ओलिम्पिक्समा छनोट हुनु,
आमा गरिमा राणालाई भने गौरिकाको चोटले हल्का चिन्तित बनाएको छ । अहिले गौरिकाको बाँया काँधमा चोट छ । गरिमा भन्छिन्, सागमा स्वर्ण जित्नु निक्कै ठूलो उपलब्धी हो । अब ओलिम्पिक्स पुग्नुसम्ममा लामो बाटो छ । हामी आफ्नो ठाँउबाट पूरा मेहनत गर्दैछौ । हामीलाई सरकारको साथ अझै महत्त्वपूर्ण ऊर्जा हुनेछ । जति चिन्ता उनको अभिभावकलाई छ शायद गौरिकालाई नहुन पनि सक्छ । उनको त एउटै दृष्टि छ । निरन्तर मेहनत गरिरहने र त्यसमा एक क्षण पनि अल्छी नहुने वा विलम्ब नगर्ने,
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]