काठमाडौं,२१–मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद “साग” अन्तर्गत एथ्लेटिक्सको पुरुष म्याराथुनमा नेपालले स्वर्ण पदक जितेको छ । शनिबार विहान भएको म्याराथुनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेर इतिहाँस काएम गरेकाछन् ।
दशरथ रंगशालाबाट शुुभारम्भ भएको प्रतियोगिता ४२ दशमलव १९५ किलोमिटर छिचोल्दै पुनः दशरथ रंगशाला मै आएर समापन भएको थियो । किरणले उक्त दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे ।
रजत पदक जितेका भारतका राशपल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्ड समय लगाए । उनी स्वर्णधारी नेपालका बोगटी भन्दा ४० सेकेन्डल पछि परे । कास्य पनि भारतले नै जितेको छ । भारतका श्री सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेण्ड लगाएर कास्य जिते ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]