काठमाडौं, मंसिर–२२ । हाल नेपालमा सर्वाधिक चर्चामा रहेको अन्तराष्ट्रिय एक रियालिटी टिभी शो फाइनल सम्पन्न भएको छ । दोस्रो भ्वाइस अफ नेपाल सिजन २ राम लिम्बुलाई उपाधि थमाउँदै सकिएको हो । हिजो राति राजधानीको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पार्नुभएको हो । टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्र्धीलाई पछि पार्दै जित हाता पार्न सफल भएक हुन् ।
लिम्बुले भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल भएका हुन् । उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्टसमेत प्राप्त गरेकाछन् ।
कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि परेको आयोजकले जनाएको छ । प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिकामा रहेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]