ओखलढुंगा,मंसिर–२२ । ओखलढुंगामा आफन्तबाटै दुई बालिका बालित्कृत भएको घटना सार्वजनिक भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा दुई बालिका आफन्तबाटै बलात्कृत भएको घटना बाहिरिएको हो । जिल्लाको मोलुङ गाउँपालिकाकी १४ वर्षीय बालिका उनकै ठुलोबुवा पर्ने करिब ४७ वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन् ।
प्रहरीमा जाहेरी परेपछि बलात्कारको आरोप लागेका उनका ठुलोबुवा फरार भएका छन् । उनको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक राजिब श्रेष्ठले बताए । ती बालिका गत असोज १४ गते उनकै ठुलोबुवाबाट बलात्कृत भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । डर, त्रासका कारण घटनाका विषयमा बालिकाले कसैलाई जानकारी नदिएको श्रोतले जानकारी दिएको छ ।
करिब दुई महिनापछि निरन्तर पेट दुख्ने समस्या भएपछि जचाँउन अस्पताल जाँदा बालिकाकी आमाले थाहा पाएपछि घटना प्रहरीसम्म आईपुगेको बताईएको छ । ठुलोबुवाले घटनाका विषयमा कसैलाई भने मार्ने धम्की दिएका कारण कसैलाई नभनेको बालिकाको भनाई उदृत गर्दै उनकी आमाले बताएकी छिन् । बालिकालाई जिल्लास्थित एक सुरक्षित आवास गृहको शरणमा राखिएको परिवारले जानकारी गराएको छ ।
यसैबीच केही दिन अघि सोही गाउँपालिकाकी एक बालिका हबजुरबुवाबाट बलात्कृत भएको घटना सार्वजनिक भएको थियो । १५ वर्षीय बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षीय वृद्धबाट बलात्कृत भएको घटना सार्वजनिक भएको हो । आरोपितलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी आरोपमा मुद्दा चलाईएको छ ।
बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान् गरी मुद्दा चलाएको प्रहरीले जनाएको छ । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । घरमा कोही नभएको मौकामा वृद्धले बालिकालाई आफ्नै घरमा बोलाएर जबरजस्ति करणी गरेको जाहेरीमा उल्लेख छ ।
बालिकाको पेट अस्वभाविक रुपले बढेकाले आफन्तले साँेधपुछ गर्दा बालिका गर्भवती रहेको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ । बालिका सुस्त मनस्थिति र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रसुती गृह थापाथली रेफर गरिएको केन्द्रले जनाएको छ ।
दुबै घटनाको जाहेरी केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको प्रहरीले जनाएको छ । राज्यले लिंगकै आधारमा महिलाप्रती हुने हिंसा अन्त्यको लागि बिभिन्न कदम चलाइरहदा खुलेआम घटना घट्नु र अपराधी उम्कनु,दोषीलाई कार्बाही हुन नसक्नु, पिडितले समयमै न्याय नपाउनुले लैंगिक हिंसाको १६ दिने अभियान् पनि प्रभाबकारी हुन नसकेको स्पष्ट हुन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]