काठमाडौ,२३–मंसिर । मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण भएको छ । कूल ५७ किलोमिटर रहेको सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ ।
यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिदै आएकोमा हाल यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिएकाछन् ।
उनले भने “अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ भाडादरअनुसार यात्रु नबोकेमा र भाडा पुरानै लिइएको पाइएमा कारवाही गर्छौ खबरदारी गर्नुहोला ।”
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधिलाई भाडादरबारे जानकारी गराई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । २२ वर्षपछि निर्माण सम्पन्न भएको सो सडकमा कालोपत्रे भइसक्दा पनि महँगो भाडा तिर्न बाध्य भएका थिए यात्रुहरु ।
अव साँफेसम्मको भाडा घटेसँगै रु एक हजार ३०० रहेको धनगढीसम्मको भाडामा रु ३३५ झर्ने भएको छ । मार्तडी साँफेसम्मको ५७ किलोमिटर र साँफेदेखि धनगढीसम्मको २६० किलोमिटर सडकमा बराबरी भाडा थियो ।
कच्ची बाटोकै बाहनामा व्यवसायीले मार्तडी कोल्टी ४३ किलोमिटरमा रु ८००, मार्तडी डोगडी करिब ३६ किलोमिटरमा रु ७०० भाडा उठाउँदै आएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]