काठमाडौं,२३–मंसिर । राजधानीको चक्रपथभित्र भोलि जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने भएका छन् ।
दक्षिण एसियाली खेलकुद सागको समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवि कुमार पौडेलले जानकारी दिएकाछन् । पौडेलका अनुसार ‘यो प्रणालीले आधा सवारी साधन कम हुन्छ र ट्राफिक व्यवस्थापन सहज हुन्छ,’ ।
त्यस्तै, ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेशमा रोक लगाइउको कुरा जानकारी प्राप्त भएको छ । साग उद्घाटनको दिन मंसिर १५ गते महानगरीय ट्राफिकले बिजोर नम्बरका सवारीसाधन मात्रै चलाउन दिएको थियो ।
खेलकुद समापनको दिन भने जोर नम्बरको साधन चलाउन दिने निर्णय भएको कुरा पौडेलले ब्यक्त गरेकाछन् । सागको डेलिगेसन कार्ड भएकाहरुकालाई यो व्यवस्था लागु नहुने प्रष्ट पारेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]