काठमाडौं,२३–मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विभिन्न जिल्लामा गरी एकैपटक ६०० जना कम्प्युटर अपरेटर माग गरेको छ । विभागले ६ जिल्लाका लागि आवश्यक कम्प्युटर अपरेटका लागि विज्ञापन खुल्ला गरेको हो ।
विभागले झापाका लागि १६४, ललितपुरका लागि ११७, कञ्चनपुरका लागि ९१, संखुवासभाका लागि ४०, गुल्मीका लागि ४१ जना र चितवनका लागि ११७ जना कम्प्युटर अपरेटरका लागि विज्ञापन खुलाएको हो ।
२०७६ पुस ७ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरेको बिभागले न्युनतम योग्यता १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको, प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्णय गरेको, कम्तीमा तीन महिना कम्प्युटर तालिम प्राप्त गरेको वा प्रविणता प्रमाणपत्र तह वा सोभन्दा माथिल्लो तहमा १०० पूर्णांकको कम्प्युटर विषय राखी उक्त तहमा उत्तीर्ण गरेको भएमा छुट्टै तालिमको प्रमाण पत्र आवश्यक नपर्ने उल्लेख गरेको छ ।
त्यस्तै, सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सम्मानित अदालतले अपराधी ठहर नगरेकोले आबेदन गर्न पाउने उल्लेख गरेको छ । विभागले कर्मचारीको दैनिक पारिश्रमिक १२००।– रुपैयाँ हुने र सार्वजनिक बिदाको दिनमा समेत काम गर्नुपर्ने उल्लेख गरेको छ । आवेदकले १० रुपैयाँको टिकट टाँसी आवेदन दिन सक्नेछन् । थप जानकारीको लागि ९८५११७३७४४ मा सम्पर्क गर्न सकिने कुरा जानकारी प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]