• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

गण्डकी प्रदेशशभा संसदभित्रै यौन हिंसा,एस्तो छ रामकहानी

२४ मंसिर २०७६, मंगलवार ०३:०६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • २४५ पटक पढिएको
  • काठमाडौं, २४–मंसिर । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्तः गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’
    गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन यी । उनले संसदभित्रै आफूहरूमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौनहिंसा भएको छ तर इज्जतको डरले सहन बाध्य छौं ।’
    पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दावी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले भनिन् ।
    पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद् भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकोमा उनले उनासो गरिन् ।
    ‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौं,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन्, ‘हामी उनीहरूलाई सम्मान गर्छौं, सम्मानस्वरूप हात मिलाउने बानी छ । मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ, तर उनीहरूले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् ।’
    उनले शिक्षित महिला पनि यौनहिंसाबाट पीडित बन्नुपरेको बताइन् । ‘यो उमेरमा, यो अवस्थामा आउँदा पनि किन यस्तो ?,’ भावुक बन्दै उनले प्रश्न गरिन्, ‘अनावश्यक मान्छे, बिनाकाम हामीलाई छुन आउँछन् । हामीलाई किन छुने भन्ने मेरो जिज्ञासा हो । हामीले राम्रोसँग हिंसा भएको अनुभव गरेका छौं तर भन्न भएन, भन्नैपरे पनि कोसँग कहाँ गएर भन्ने ? मौन बस्नुको अर्को कुनै विकल्प छैन ।’ यौनहिंसा र महिला हिंसा गर्ने यस्ता पुरुष सांसदविरुद्ध महिला सांसदले एक भएर आवाज उठाउनुपर्ने उनले बताइन् ।
    पुरुष सांसदहरू बोल्ने क्रममा पनि जिस्किएर, हिंसात्मक रूपमा प्रस्तुत हुने गरेको अरू महिला सांसदले गुनासो गरे । ‘पुरुष सांसद हामीसँग बोल्दा सांसदको हैसियतभन्दा फरक ढंगले बोल्छन् । अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्ने, गफ गरेर बसेका छौं भने जिस्किँदै रफ शब्द बोल्ने, पुरुषले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’
    उनले पनि यौनहिंसाविरुद्ध खुलेर सदनमै बोल्नुपर्ने बेला आएको बताइन् । ‘हामीले यौनहिंसा, महिला हिंसा सहनु हुँदैन भनेर आवाज उठायौं, महिला अधिकारको विषयमा लामो समयसम्म संघर्ष र्गयौं,’ उनले भनिन्, ‘ज्यान जोखिममा राखेर लड्यौं पनि । पहिलो पटक सदनमा पाइला टेक्दा स्वयं यौनहिंसामा परेका छौं ।’
    आफूमाथि भएका हिंसाबारे बोल्न नसक्ने कमजोरीको फाइदा पुरुष सांसदले उठाइरहेको उनीहरूको बुझाइ छ । कैयौं पढेलेखेका, बुद्धिजीवी भनिने महिला पनि यौनहिंसाको सिकार बनेको उनले दाबी गरिन् । ‘बाहिर प्रस्तुत हुन नसकेका मात्र हुन्, उनीहरू दिनानुदिन सहकर्मीबाट हिंसा सहन बाध्य छन्,’ उनले थपिन् ।
    प्रदेशसभा सदस्य प्रभा कोइरालाले राजनीतिक पार्टीले नै विभेद गरेको बताइन् । ‘हिजोका दिनमा बुझेर वा नबुझेर महिला अधिकारको विषयमा लडाइँ र्गयौं,’ उनी भन्छिन्, ‘अधिकार पायौं भनेर खुसी भयौं तर आफैंले कार्यान्वयन गर्न सकेनौं । अब हामीले अधिकार कार्यान्वयनका लागि लड्नुपर्छ ।’
    गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिला र पुरुषप्रति गरिने व्यवहार फरक रहेको बताइन् । ‘महिलालाई हेरिने दृष्टिकोण बदल्न जरुरी छ,’ उनको भनाइ छ, ‘संसदीय अभ्यासमा निगरानी गर्न नसके महिला अघि बढ्न सक्दैनन् ।’ उनले महिलाले केही बुझ्दैनन् र जान्दैनन् भन्ने भ्रम हटाउनुपर्ने बताइन् । कान्तिपुर मा प्रकाशित

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑