साझको ५ बजेको समय मंसिर पौषको बेला झमक्कै साझ परिसकेको हुन्छ । तर लिसंखु पाखर गाँउपालिकाको वडा नं.४ अत्तरपुरमा भने ५ बजे पछी ६ जना सेवाग्राही बिभिन्न काम लिएर वडा सचिब सुमन बाँस्तोलालाई भेट्न आए ।
बाँसतोलाले सेवाग्राहीलाई सोधे के काम छ ? अनी किन ढिला आउनु भयो त ? उत्तर साह्रै रमाइलो किसिमको आयो । बिहेको लागि मासु काट्दा ढिलो भयो । तर सचिबले सहजै स्वीकार गरे ठिकै छ कागजपत्र दिनुस भनेर माग्दा सेवाग्राहीले घरमै बिर्सीएर आएको भन्दा कती पनि रिसाएनन् सचिब ल्यानुन त ल्याएपछी काम गरौला भन्दै कामगपत्र लिन पठाए सचिब बाँसतोलाले अन्तत बत्ति बालेर ६ बजे सम्म काम सकिदिएर पठाए ।
भोली भए पनि मेरै काम हो , आखिरीमा मेरो क्वाटर यहीं भएकोले काम सकिदिए, किनकी सेवाग्राहीले फेरी दुःख पनि पाउनु परेन । खुसी पनि भए, खास कुरा के रहेछ भने अरुबेला पनि आपतको काम हरु राती ,बिहान सेवा दिने गरेका रहेछन बाँस्तोलाले ।
उनी भन्छन् हामी उही सेवाग्राहीले राज्यलाई बुझाएको कर बाट सञ्चालित छौ भने उनिहरुलाई सेवादिन के झन्झट ? हामी कर्मचारीहरुलाई पनि त साह्रो गाह्रो पर्दा उनै जनताले साथ दिन्छन नी जबकी उनिहरुले पनि सद्भाब देखाउछन् । त्यसैले सरकारी कर्मचारी हु भन्दैमा दम्भ राखियो भने आफु एक्लै भइन्छ । किनकी हिजो म पनि सर्बसाधरण जनता नै त थिए । म जन्मजात कर्मचारी त भएको होइन । र मैले सरकारी कार्यालयमा भोेगेको पिडाले पनि यो किसिमको सेवा दिएको हो बाँस्तोला थप्छन् ।
सेवाग्राहीको भाबना बुझिएन भने असल निजामती बन्न सकिदैन हामी जनताको सेवामा समर्पित हुन्छौ भनेर नियुक्ती लिएका हुन्छौ भने जतीबेला पनि सेवा दिनलाई के गाह्रो ? समय बाहेक मेरो के नै खर्च भएको छ र ? त्यसैले म जहाँ जान्छु रमाएरै काम गर्छु सेवाग्राहीलाई दुःख दिन्न,यो निजामती बाणी हो ।
ऋाखिरीमा जनताले खोजेको सेवा पनि त एस्तै किसिमको हो । आपत बिपतमा सरकारी कर्मचारी जनताको साथी बन्न सकुन , झिजो नमानुन दुःख नदिउन । त्यसैले वडा सचिब बाँस्तोला बाट निजामती कर्मचारीले केही पाठ सिक्ने की ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]