• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

पूर्वी पहाडी जिल्लाकै व्यवस्थित कबर्डहलको उद्घाटन, खेलाडीहरुमा पलायो आशा

२ पुष २०७६, बुधबार ०३:०७ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ४२५ पटक पढिएको
  • खोटाङ । जिल्लाको दिक्तेलबजारस्थित माटिकोरेमा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय कवर्डहल उद्घाटन भएको छ । करीब आठ वर्ष लगाएर निर्माण सम्पन्न गरिएको बहुउद्देश्यीय कवर्डहल मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले औपचारिक उद्घाटन गरेकाहुन् ।

    जिल्लाको केन्द्र मानिने दिक्तेलबजारमा निर्माण गरिएको बहुउद्देश्यीय कवर्डहल नगरपालिकाको रु एक करोड तीन लाख तीन हजार एकसय नौ रुपैया तथा जनसहभागिताबाट जम्मा भएको रु ३७ लाख ३३ हजार ८२० र रु २० लाख बराबरको श्रमदानगरि रु एक करोड ६० लाख ३६ हजार ९२९ लागतमा सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । चन्दा सङ्कलन र श्रमदानबाट निर्माण शुरु गरिएको कवर्डहल ८१ फिट लम्बाई, ५७ फिट चौडाई र ३५ फिट उचाईको रहेको जनाइएको छ ।

    वि।सं। २०६८ सालमा निर्माणको काम थालेलगत्तै बजेट अभाव भएपछि अलपत्र बनेको कवर्डहलका लागि नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले बताएकाछन् ।

    जिल्लामा खेलकुद क्षेत्रको विकास गर्न एउटा बहुउद्देश्यीय कवर्डहल अति आवश्यक रहेकाले लामो समयसम्म अलपत्र अवस्थामा रहेको कवर्डहल निर्माणमा सहयोग गरिएको नगरप्रमुख रिजालले बताए । “कवर्डहल अभावमा यसअघिसम्म जिल्लामा एउटा पनि इण्डोर गेम गर्न सकिएको थिएन” आगामी दिनमा फुटबल र क्रिकेट बाहेक सबै किसिमको गेम गर्न मिल्नेगरी कवर्डहल निर्माण गरिएको हो ।

    बहुउद्देश्यीय कवर्डहलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबर्दी, डण्डीबियो, सितोरियो कराते, तेक्वान्दो लगायतका प्रतियोगिता गर्न सकिने जनाइएको छ । खेलकुदका कार्यक्रमसँगै जिल्लामा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने आमसभा, गोष्ठी तथा सेमिनार, बैठक समेत गर्न मिन्नेगरी एक हजार बढी मानिस अट्ने क्षमताको बहुउद्देश्यीय कवर्डहल निर्माण गरिएको हो ।

    माटिकोरेमा निर्माण गरिएको बहुउद्देश्यीय कवर्डहल पूर्वी पहाडी जिल्लाकै सबैभन्दा व्यवस्थित भएको दाबी गरिएको छ । कवर्डहलभित्र फोल्डिङ सिस्टमको मञ्च, दर्शकका लागि प्याराफिट, बास्केटबल, भलिबल र ब्याडमिन्टनको छुट्टाछुट्टै कोर्ट रहने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

    खेल सञ्चालन भएको समयमा कम्तिमा पनि ४०० दर्शक अट्न सक्ने क्षमताको कवर्डहलको बाहिरपट्टी पुरुष तथा महिला सौचालय, वाथरुम, ड्रेसिङरुम लगायतका संरचना निर्माण गरिएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेलबजारमा निर्माण गरिएको बहुउद्देश्यीय कवर्डहल छिमेकी जिल्ला भोजपुर, उदयपुर र सोलुखुम्बूका खेलाडीलाई समेत उपयोगी हुने अनुमान गरिएको छ ।

    तत्कालीन प्रहरी नायब उपरीक्षक हाल प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङको पहलमा जनश्रमदान र चन्दा संकलनबाट निर्माण शुरु गरिएको कवर्डहलका लागि तत्कालीन जिल्ला विकास समितिले रु दश लाख बजेट उपलब्ध गराएको थियो ।

    तत्कालिन जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष दिलचक्र राईको पालामा शुरु गरेको उक्त कबर्डहल बनाउने उद्देश्य प्राप्ती भएको प्रती आफ्नो धारणा सहित खुसी ब्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑