खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तब्य ज्यान मुद्दाका फरार रहेका तिन अभियुक्त लाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठकोे मुस्ली प्रहारगरी हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले गैरीगुठका २७ वर्षीय रमेश राईलाई मारेपछी फरार भएकालाई नियन्त्रणमा लिई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकोे हो ।
सार्वजनिक हुनेमा स्थानिय २७ वर्षीय भबिन राई, २१ वर्षीय अशोक राई र २५ वर्षीय बलराज रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्तहरुलाई विशेष सुराकीको आधारमा प्रहरी चौकी हर्कपुर ओखलढुंगाको सहयोगबाट हर्कपुरमा नियन्त्रणमा लिईएको जानकारी गराईएको छ ।
घर निर्माणको काम गरेर फर्कदै गरेका रमेशसँग बाटोमा भेट भएपछि सामान्य बिबादमा झगडा हुँदा उनीहरुले कुटपिट गरी मरेपछी फरार भएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]