• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक टिमले उचाल्यो

३ पुष २०७६, बिहीबार ११:२० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५९४ पटक पढिएको
  • दिवश रिजाल

    खोटाङ, /दिक्तेलमा सम्पन्न प्रथम नगरपालिकास्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जितेको छ । दिक्तेल वजार स्थित ‘खोटाङ बहुउद्देश्यीय कवर्डहल’मा बिहीबार सम्पन्न फाइनल खेलमा उदयपुरको त्रियुगा नगरपालिकालाई दुई एकले हराउँदै आयोजक दि.रु.म. न.पा.ले प्रथम उपाधि चुमेको हो ।

    जीतसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । हारसँगै त्रियुगा नगरपालिकाले नगद रु ८१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट जीवन आचार्य र सुनिल जोशी तथा त्रियुगा नगरपालिका उदयपुरबाट विष्णु कटुवाल र विजित मगरबीच प्रतिस्पर्धा भएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका र धरान उपमहानगरपालिका सुनसरीले सेमिफाइनलिष्ट टोलीको रुपमा चित्त बुझाएको छ । प्रतियोगिताको दुई सेमीफाइनलिष्ट टोलीलाई नगद रु ४१÷४१ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई ले जानकारी दिनुभयो ।

    पाँचखपन नगरपालिकाबाट गौरव दाहाल र अनिष श्रेष्ठ तथा धरान उपमहानगरपालिकाबाट सुजन श्रेष्ठ र प्रनिष ठकुरी मैदानमा उत्रिएका थिए । प्रतियोगिताका विजयी टोलीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाइँ, सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिव रामप्रसाद दंगाल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    प्रदेश नम्बर १ भित्रका नगरपालिकालाई मात्र सहभागी गराइएको प्रतियोगितामा खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, धनकुटा, सङ्खुवासभा, सुनसरी, मोरङ लगायत दश जिल्लामा पर्ने विभिन्न नगरपालिकाका ३४ टोलीको सहभागिता थियो । प्रदेश नम्बर १ भित्र पर्ने १४ जिल्लाका ५४ वटै नगरपालिकालाई निमन्त्रणा गरिएपनि झापा, ईलाम, पाँचथर र ताप्लेजुङको सहभागिता नरहेको आयोजकले जनाएको छ ।

    करीब नौँ वर्ष लगाएर निर्माण सम्पन्न गरिएको खोटाङ बहुउद्देश्यीय कवर्डहलमा पहिलो पटक आयोजना गरिएको नगरपालिकास्तरीय ब्याडमिन्टर प्रतियोगिता मङ्गलबार नगरप्रमुख रिजाल र उपप्रमुख राईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले उक्त नगरपालिकाले जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङसँगको सहकार्यमा नकआउट ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।

    जिल्लामा पहिलो पटक आयोजना गरिएको मेयर कप प्रतियोगिता समापन कार्यक्रममा १३ औँ दक्षिण यसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ब्याडमिन्टर प्रतियोगितामा कास्य पदक विजेता जीवन आचार्यलाई नगद सहित सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका आचार्यलाई नगद रु २० हजारको साथमा प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

    उद्घाटन तथा समापन कार्यक्रममा विनिन्न जातजातिको साँस्कृतिक झाँकी एवम् नृत्य समेत प्रस्तुत गरिएको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेश नम्बर–१ अन्तरगत नगरपालिकास्तरीय मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑