दिवश रिजाल
नेपाल भ्रमण वर्ष सन् २०२० को अवशर पारेर यस भ्रमण वर्षलाई प्रवद्र्धन गर्नको लागि १ नम्वर प्रदेश कार्यसमितिले खोटाङ वाट भ्रमणको शुरुवात गर्ने भएको छ ।
जिल्ला समन्वय समिति खोटाङले आज पत्रकार सम्मेलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५ वटा र हलेसी तुवाचुङ नगरपालिकाको ४ वटा ऐतिहांसीक स्थलहरुको भ्रमण गराउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङले वताए ।
नेपाल भ्रमण वर्षलाई आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ भ्रमण गर्ने कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ ।
पौष १० र ११ गतेको भ्रमण तालिका अनुसार नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भमा केन्द्रीय अध्यक्ष सिता सुन्दसको प्रमुख आतिथ्यमा १०० भन्दा वढि पाहुनाहरुलाई १० गते भुलभुले दुधकुण्ड , रुवालुङ झरना , झाक्रि गुफा घुमाउने प्रमुख चाम्लिङले वताए ।
यसै गरी पौष ११ गते भने ऐतिहासीक मझुवागढी कालिका भगवती र बुधेश्वर महादेव गुफाको विहानै पैदल यात्रा सगै भ्रमण गर्ने छ भने मानवसभ्यताको उद्गम स्थल किंरातीहरुको आदिम भुमी तुवाचुङ जायजुम प्रश्थान गरी हलेसी महादेवस्थान , मारतीका गुम्वा , वसाहा स्थान दर्शन गराउने पत्रकार सम्मेलनमा वताईएको छ ।
दुई दिने भ्रमण कार्यक्रममा करिव साढे दुई लाख वरावरको खर्च हुने प्रमुख चाम्लिङले वताए । जिल्लामा करिव एक लाख भन्दा माथि पर्यटक भित्रउने उद्देश्य लिएको छ भने उपस्थित सम्पुर्ण पाहूनालाई मायांको चिनो समेत उपलव्ध गराउने वताईएको छ ।
उक्त मायांको चिनो भित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कालिका भगवति देविस्थान , मझुवागढी , वुधेश्वर गुफा , भुलभुले दुधकुण्ड हलेसी तुवाचुङ नगरपालिकाका तयामा खियामा , हलेसी महादेव गुफा र मारातिका गुम्वा छन भने वराहा पोखरी गाउपालिकाको वराहा ताल , खोटेहाङ गाउपालिकाको ईन्द्रणी पोखरी , केपिलास गढी गाउपालिकाको चिलिम ढुंगा , रावावेंसि गाउपालिकाको कोट गढी , साकेला गाउपालिकाको तावा ताल जन्तेढुंगा गाउपालिकाको जन्तेढुंगा र ऐसेलुखर्क गाउपालिकाको वाहाने पोखरी समेटिने छन ।
प्रदेश नं १ मा पर्ने १४ वटा जिल्लाहरुका समन्वय समितिलाई निमन्त्रणा समेत पठाईसकेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]