दिवश रिजाल
लोक गायक धर्मराज पोखरेलको आवाजमा सजिएको लोक दोहोरी गीत घर ज्वाई अहिले भक्तपुर दरवार परिसरमा धमाधम सुटिङ भैरहेको छ । दर्जनौ नेपाली लोकगीत तथा अन्य विधाका गीतमा आवाज दिएका गायक पोखरेलको स्वरमा आवद्ध ‘घर ज्वाई’ वोलको लोक गीत अव छिटै वजारमा आउने भएको छ ।
दिक्तेल ?पाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका स्थानीय लोक गायक पोखरेललाई गायिका देवी घर्तीले आवाजमा साथ दिएकी छिन् । ईन्जिनियर समेत रहेका उनले पछिल्लो समय नेपाली लोकगीत क्षेत्रमा आशा लाग्दो काम गरीरहेका छन् । सञ्चारकर्मी शिखर गजरकोटेको लय÷शब्द र निद्रेशक शंकर बि.सीले गरेका लोकगीत र म्युजिक भिडियोले दर्शक तथा श्रोताको भरपुर मन जित्ने गायक पोखरेलले बताए ।
म्युजिक भिडियोमा गायक पोखरेल, महेन्द्र गौतम र रीचा थापाले अभिनय गरेका छन् । म्युजिक भिडियो धर्मराज पोखरेलको युट्युब च्यानलबाट सार्वजनिक गरिने छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]