२० पौष २०७६–खोटाङ । जिल्लाको १० वटा स्थानिय तह मध्येको दक्षिणीक्षेत्रमा अवस्थित अती दुर्गम जहाँबाट जिल्लाको पहुँच धेरै कोष टाढा रहेको गाँउपालिका मध्येको एउटा गाँउपालिका हो बराहपोखरी गाँउपालिका । पर्यटन र प्राकृतिक सौन्दर्यले भरिभराउ पालिकाको दुर्गमताको कारण नागरिकहरु प्रबिधिको पहुँचमा सजिलै पुग्न सक्ने अबस्था छोइन । जिल्लाको सदरमुकाम दिक्तेल जान भन्दा पहुँचको हिषाबले छिमेकी जिल्ला उदयपुर को गाइघाट र भोजपुर जान सजिलो छ त्यहाका नागरिकहरुलाई ।
नेपालको १० बर्षे जनयुद्दको बेलामा नेपाल सरकारका कर्मचारीहरुले गल्ती गरे या हाकिमलाई कर्मचारी संग रिस उठ्यो भने कि त रुकुम सरुवा गरिदिने वा फाक्टाङ पु¥याइदिन्छु भनी धम्की दिने वा सरुवा गरिदने ठाँउ हो ,हालको बराहपोखरी गाँउपालिका ।
साबिकको पौवासेरा,फाक्टाङ,बराहपोखरी,मौवाबोटे,साउनेचउर र सुन्तले गरी ६ वटा गाबिसको स्थानिय तह हो बराहपोखरी गाँउपालिका, स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट पलिका अध्यक्ष शालिकराम बञ्जरा र नेकपा एमाले बाट उपाध्यक्ष गोमा मगर बिजयी भएका हुन् । बिजयी भएपछी एकढिक्का भएर मेलमिलापको भावना राखी उदाहरणिय काम गर्ने एक पालिका हो बराहपोखरी गाँउपलिका । हामी निर्वाचनको बेलामा हो फरक दल, निर्वाचन पछी हामी जनताको भएको ले बिबाद नगरी जनताको पक्षमा उभिनुपर्छ भन्छिन् उपाध्यक्ष गोमा मगर ।
हाल सम्म बिद्यत सम्म नपुगेको गाँउपालिकामा केही हुनेखानेकोमा सोलार छ । अध्यारोमै जिबन बिताईरहेको अबस्थामा निबार्चित प्रतिनिधीहरुले बिद्युतमा लगानी गरेको र सबै वडामा बिद्युत,सडक,शिक्षा श्वास्थ्य लगायत अती आबश्यकिय क्षेत्रमा लगानी भइरहेको पालिका अध्यक्ष शालिकराम बञ्जराले बताएकाछन् ।
बिद्युतको पहुँच सम्म नभएको पलिकाले सोलार सिस्टमबाटै कम्प्युटर शिक्षामा समेत पालिकाको १२ वटा बिद्यालयमा १७ लाख लगानी गरेर गत बर्ष देखीनै कम्प्युटर शिक्षकको ब्यबस्था गरिदिएपछी विद्यार्थीहरुले प्राविधिक शिक्षाको महसुस गर्न पाएको वालकन्या मा.वि का प्र.अ.तोया निरौलाले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]