दिवश रिजाल
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका स्थायि वासिन्दा दान बहादुर राईको घरमा आगोलागी भएको छ । आज विहान अचानक आगोलागी भएपछि राईको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।
साधारण ढुङगा, माटो र खरले बनेको घर जलेर नष्ट भएपछि अनुमानित ५ लाख बराबरको क्षति भएको वडा सदस्य अमृत गिरिले फेसवुकमा स्टटस लेखेका छन ।
स्थानीयवासीले आगो नियन्त्रणमा लिएपनि घरमा भएका अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएको छ । घटनाका विषयमा अनुसन्धान गर्न छितापोखरी प्रहरी चौकीलाई खवर गरिएको छ ।आगोलागीको कारण भने खुल्न बाँकी रहेको छ ।
आगोलागी पीडितलाई जाडोमा समस्या हुन नदिन आगलागिको खवर प्राप्तहुन साथ गाउंपालिकाका अध्यक्ष भुपेन्द्र राई लगाएत गाउंपालिकाका कर्मचारी घटनास्थल पुगि रु २५ हजार सहयोग गरेका छन । ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]