२२ पौष २०७६–खोटाङ । मुलुककै ठुलो राष्ट्रिय गौरबको आयोजना मध्ये खोटाङ र ओखलढुङ्गाको बिचमा पर्ने दुधकोशी जलाशययुक्त हाइड्रो आयोजनाको लागि बन्दै गरेको डिपिआर प्रतिबेदन पछीको अन्तिम अनुगमनको लागि उर्जामन्त्री बर्षमान पुन,नेपाल बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ सहित खोटाङ्ग,ओखलढुङ्गा र उदयपुरका सांसदहरुको उपश्थितीमा अयोजनाको बिस्तृत परियोजना प्रतिबेदन तयारी भएपछीको अनुगमन सम्पन्न भएको छ ।
६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलबिद्युत आयोजना , बिस्तृत परियोजना प्रतिबेदन तयार भएको, तुलनात्मक रुपमा कम घरजग्गा डुवानमा पर्ने, लागत अत्यन्त कम भएको तथा स्थानीय जनताको ब्यापक समर्थन रहेको र सोेको मुख्य प्रतिफल तिनै जिल्लाले लिनसक्ने ,नेपालको एउटा जलबिद्युत आयोजना निसन्देह दुधकोशी जलाशययुक्त जलबिद्युत आयोजना हो प्रतिबेदनमा उल्लेख छ ।
सोही आयोजनाको उर्जामन्त्री मा. वर्षामान पुन तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ खोटाङ,ओखलढुङ्गा र सोलुखुम्बुका संघिय,प्रदेश र स्थानिय तहका जनप्रतिनिधीहरुबाट आज स्थलग अनुगमन सम्पन्न भएको छ ।
अनुगमन कार्यक्रममा बोल्दै खोटाङ्गका संघिय संसद बिशाल भट्टराईले मुलतः तीनवटा माँग अगि सारेको बताएकाछन् । ( कुनै विलम्ब नगरी आयोजना प्रारम्भ गर्ने, जनतालाई यथोचित मुआव्जा दिने र प्रभावित क्षेत्रका जनतालाई शेयर उपलब्ध गराएर आयोजनाको मालिक वनाउँने ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]